2019-08-22

Close

विश्वराज तामाङ
बेल्टार भाद्र १८ । उदयपुरको चौदण्डीगढी नगरपालिकाले जनाको स्वास्थ्यलाई मध्यनजर गर्दै बेल्टारमा संचालित प्राथमिक स्वास्थ्य केन्द्रको सुधारको प्रयासमा लागि परेको छ । ३ शैया क्षमताको सरकारी स्वीकृति रहेको प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारको स्तरउन्नतीमा नगरपालिकाको चासो प्रति नगबासीहरु पनि खुसी भएका छन् ।
यसको पछिल्लो उदाहरण सोमबारबाट नगरपालिकाको सहयोगमा स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा संचालन संगै पुष्टि हुन थालेको छ । ३ शैया सरकारी स्वीकृति भए पनि आन्तरिक व्यवस्थापन सहित १५ शैया सहितको स्वास्थ्य केन्द्र संचालन गर्दै आएको बेल्टारमा सोमबारबाट भिडियो एक्सरे सेवा सुरु भएको हो । चौदण्डीगढी नगरपालिकाले १८ लाख ८ हजार रुपैयामा खरिद गरेर स्वास्थ्य केन्द्रलाई हस्ताणतरन गरे संगै स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा सुरु भएको चौदण्डीगढी नगरपालिका स्वास्थ्य सह संयोजक तेजराज पोख्रेलले बताउनु भयो । भिडियो एक्सरे अभावमा खासगरी प्रसुती सेवाका महिलाहरुको उपचारमा कठिनाई भोग्दै आउनु परेको पोख्रेलले बताउनु भयो । पोख्रेलका अनुसार प्रसुती सेवा लिनको लागि स्वास्थ्य केन्द्रमा आएका विरामीलाई भिडियो एक्सरेको अभावमा गाईघाट, धरान, विराटनगर लगायतको क्षेत्रमा रेफर गर्नु पर्ने बाध्यता रहदै आएको थियो ।
भिडियो एक्सरे सुरु भए संगै आक्सीमक सेवाको लागि आउने विरामीहरुलाई पनि सहज हुने स्वास्थ्य केन्द्र बेल्टारले जनाएको छ । सोमबार एक कार्यक्रमका विच चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले भिडियो एक्सरे मेशिनको उद्घाटन गर्नु भएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख राईले जनताको स्वास्थ्य संग जोडिएको बिषयलाई नगरपालिकाले गम्भीरताका साथ लिएको बताउनु भयो । उहाँले नगरपालिकाले जनताको शिक्षा, स्वास्थ्य लगायतका अत्यावश्यक सेवाको लागि सुधार गर्दै अघि बढ्ने बताउनु भयो । कार्यक्रममा नगर उपप्रमुख रिता चौधरी, बेल्टार बसाह उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्की लगायतको उपस्थिी रहेको थियो ।
यता एक महिना देखि स्वास्थ्य केन्द्र बेल्टारमा नगरपालिकाको सहयोगमा सर्पदंश केन्द्र समेत संचालनमा ल्याईएको छ । एक महिनको अवधिमा करिब ३० जनाले उपचार पाईसकेको स्वास्थ्य केन्द्रले जनाएको छ, बर्षेनी सर्पदंशका कारण अकालमा ज्यान गुमाउनेको संख्या बढ्न थाले पछि नगरपालिकाले सेनाको १८ नम्बर बाहिनी संगको सहकार्यमा सर्पदंश केन्द्र संचालनमा ल्याएको छ ।
नेपाली सेनाको प्राविधिक टोली २४ सै घण्टा सर्पदशंका विरामीको उपचारको लागि खटिएको स्वास्थ्य केन्द्रले जनाएको छ । प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा चौदण्डीगढी नगरपालिका, बेलका नगरपालिका, खोटाङका दक्षिणि र भोजपुरका पश्चिम दक्षिण भागका जनताहरु सेवा लिन आउने गर्छन् ।
सिमित जनशक्ति रहेको स्वास्थ्य केन्द्र बेल्टारमा नगरपालिकाले १३ जना स्वास्थ्यकर्मीको दरबन्दी थप गर्दै २ मेडिकल अधिकृत संगै २४ जना स्वास्थ्यकर्मीहरुले नियमीत सेवा दिदै आएको स्वास्थ्य केन्द्रले जनाएको छ । जनताको सेवालाई मध्यनजर गर्दै आगामी दिनमा अझ सेवालाई प्रभावकारी बनाउदै अघि बढिने नगरप्रमुख राईले बताउनु भयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com