2019-08-22

Close

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले अर्थमन्त्री डा.युवराज खतिवडाको राजीनामा माग गरेका छन् ।

शुक्रबार नेकपाका सांसद मेटमणि चौधरीले अर्थमन्त्री डा‍.  खतिवडाबाट जनताले अाशा गर्ने ठाउँ नरहेकाे र जनताका माग सम्बोधन हुन नसक्ने भन्दै राजीनामा मागेका हुन् ।

शुक्रबार राजधानीमा भएकाे प्रदेश ५ का सांसद र प्रधानमन्त्रीसँगको छलफलमा सांसद चाैधरीले अर्थमन्त्री खतिवडाकै कारण चुनावअघि नेकपाप्रति रहेको जनताको आशा र भरोसा समाप्त हुने अवस्थामा अाएकाे अाराेप लगाए । उनले भने, ‘अहिलेको बजेटबाट जनताको माग सम्बोधन हुन सक्दैन । सकिन्छ भने बजेट करेक्सन गरौं, होइन भने अर्थमन्त्री नै चेञ्ज गरेर जानुपर्छ ।’

पछिल्लाे समय अर्थमन्त्री खतिवडा अालाेचनाकाे पात्र बन्दै अाएका छन् । बजेटमार्फत कर वृद्धि तथा पुँजीबजारकाे समस्या सम्बाेधन गर्न नसकेकाे जस्ता अनेक अाराेप लगाउँदै उनी अालाेचनामा पर्ने गरेका छन् ।

यसै क्रममा शुक्रबारकाे राजीनामा मागले अर्थमन्त्री सत्तारुढ दलकै नेताहरुकाे नजरमा पनि याेग्य नरहेकाे जनाउँछ । यद्यपि प्रधानमन्त्री ओलीले भने  यस विषयमा सुनेकाे नसुन्यै गर्दै अाएका छन् । शुक्रबार पनि उनले सांसद चाैधरीकाे मागबारे कुनै जवाफ दिएनन् ।

प्रधानमन्त्री अाैलीले नेकपाकाे सरकार बन्दा देश ठूलो आर्थिक संकटमा रहेकाले बाध्य भएर अहिलेको जस्तो बजेट ल्याउनुपरेको बताएका थिए । याे अवस्थामा अाउनुकाे दाेष उनले अघिल्लाे सरकारलार्इ लगाए ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com