2019-08-22

Close

एजेन्सी : इन्डोनेसियामा ८३ वर्षे वृद्धले एक युवतीलाई गुफामा थुनेर १५ वर्षसम्म बलात्कार गर्दै आएको खुलेको छ ।

जिन अमरीन नाम गरेका वृद्धले १३ वर्षकी बालिकालाई गुफामा ल्याएर थुनेको र यौन शोषण गर्दै आएको आरोपमा उनलाई  स्थानिय प्रहरीले पक्राउ गरेको छ ।

सुलावेसी प्रान्तको गालुम्पांग इलाकाका गुफाबाट उक्त युवतीलाई प्रहरीले गत आइतबार उद्धार गरेको छ ।  वृद्धले  युवतीलाई आफ्नो घर नजिकैको गुफामा राखेर यौन शोषण गर्दै आएका थिए । राति राति घरमा लगेर यौन शोषण गर्ने र दिउँसो चाहिँ गुफामा लगेर राख्ने गरेको पीडित युवतीले बताएकी छिन् ।

वृद्धले भने आफ्नो शरीरमा जवान युवकमा प्रवेश गर्न दाबी गरेका छन् । उनले १५ वर्ष पहिले युवतीलाई अपहरण गरेका थिए । त्यो बेला युवती  १३ वर्षकी थिइन् ।

प्रहरीले खिचेको उक्त गुफाको तस्वीरमा गुफाभित्र केही फर्निचरहरू देखिएको छ । १५ वर्ष अगाडी सन् २००३ मा  बुद्धले उक्त पिडित युवतीको प्रेमीको तस्बिरहरू देखाएर उनको आत्म आफ्नो शरीरमा प्रवेश गरेको भन्दै बन्दी बनाएको प्रहरीले जनाएको छ । १५ वर्ष अगाडीदेखि वृद्धले आफूसँग यौन सम्बन्ध राखेको पीडितले  प्रहरीलाई बताएकि छिन  ।

अभियुक्त

प्रहरीका अनुसार अपहरण गरिएको महिला अपहरण बारेमा थाहा पाएपछि पीडितको बहिनीले छिमेकीलाई जानकारी दिएकी थिइन् ।
पीडितकी बहिनीले उक्त वृद्धको छोरासँग विवाह गरेकी छिन् । अभियुक्त वृद्धले उनका परिवारका सदस्यहरूलाई पीडित युवती जकार्तामा काम गर्न गएको भनी बताएका थिए । अभियुक्त वुद्ध दोषी ठहर भएका १५ वार्ष जेल सजय हुने बताइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com