2019-08-22

Close

काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले पक्राउ गरेको छ । उहाँलाई प्रहरीले दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट पक्राउ गरेको हो ।

प्रहरीले प्रवक्ता विश्वकर्मालाई उद्योगी व्यवसायीबाट ७ करोड भन्दा बढी चन्दा असुल गरेको भन्दै पक्राउ गरेको दावी गरेको छ ।

प्रहरीले विकलाई चन्दा ऐन अन्तर्गत पाँच दिनका लागि जिल्ला अदालत काठमाडौबाट म्याद थपेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुमा राखेको छ ।

विकसँगै उहाँका सहयोगी हरिचन्द्र आचार्य र गाडीका चालक मनबहादुर श्रेष्ठलाई पनि पक्राउ गरेर मुद्दा चलाएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com