2019-08-22

Close

काठमाडाैं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएपछि संवैधानिक परिषद्को बैठक अनिश्चित बनेको छ ।

परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बैठक बोलाएपनि काँग्रेस सभापति देउवा सिंगापुर जाने भन्दै बैठकमा सहभागी नहुने जानकारी गराउनुभएको थियो । जसका कारण बैठक अनिश्चित बनेको छ । यसअघि परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि काँग्रेस असन्तुष्ट बनेको छ ।

देउवा एक सातापछि मात्र स्वदेश फर्किने बताइएको छ । हिजो बोलाइएको बैठकमा समेत विपक्षी दलका नेता देउवाले समय नदिएपछि बैठक बस्न सकेको थिएन । कांग्रेसले सत्तारूढ दलले दुई तिहाइको दम्भ प्रदर्शन गरेको न्यायालयमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै आएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र उपसभामुख सदस्य हुन्छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com