2019-08-22

Close

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं १ को नाम ‘किराँत प्रदेश’ नै रहने बताएका छन् । किराँत राई यायोक्खाको ३१औं स्थापना दिवसको अवसरमा मंगलबार ललितपुरमा आयोजित विचार गोष्ठी कार्यक्रममा किराँत शब्द इतिहास, सभ्यता, संस्कृति र जीवन प्रणालीसँग जोडिएको उल्लेख गर्दै प्रदेश नम्बर एकको नाम ‘किराँत प्रदेश’ रहने बताएका हुन् ।

 

उनले नेकपाका अर्का अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि किराँत प्रदेश नामकरणबारे आफूले सल्लाह गरेको र नाम किराँत राख्ने विषयमा दुवैको सोच मिलेको खुलासा गरे । ‘अहिले १ नम्बर प्रदेशको नाम किराँत नै रहनु पर्दछ भन्ने कुरामा गम्भीर रूपले छलफल गरिरहेका छौँ । किराँतको कुरा गर्दा यदि हामीले जातीवादको कुरा ल्यायौ भने त्यो भन्दा ठुलो भुल अरू हुनै सक्दैन,’ उनले भने,  ‘किराँतलाई एउटा इतिहास, सभ्यता र हाम्रो जीवनप्रणालीको रूपमा हामीले स्वीकार गर्दा त्यसको सन्देश देशभरि जान्छ, इतिहास भरी छरिन्छ र भविष्यमा पनि एउटा ठुलो सन्देश हुनेछ । यसमा प्रधानमन्त्रीजी र मेरो सोच मिलेको महसुश गरेको छु ।’

उनले प्रदेश नं १ को नाम किराँत राख्ने विषयमा कसैले यदि त्यसलाई जातिवाद भन्छ भने त्यो भन्दा मूर्ख मानिस कोही नहुने जिकिर समेत गरे । उनले किराँतलाई बाइसे-चौबिसे राज्यहरूको अन्त्य गरेर केन्द्रीकृत राज्य बनाउने अभियान्ता पृथ्वीनारायण शाहले समेत माइनस गर्न नसकेको बताए । उनले भने, ‘किराँत भन्ने कुरालाई त नेपालमा बाइसे-चौबिसे राजाहरूको अन्त्य गरेर केन्द्रीकृत राज्य बनाउने अभियान्ता पृथ्वीनारायण शाहले पनि माइनस गर्न सकेनन्, वल्लो किराँत, माझ किराँत र पल्लो किराँत भन्नै परेको थियो भने हामी कम्युनिष्टहरुले त इतिहास र सभ्यतालाई आधार बनाएर भविष्यको गोरेटो कोर्ने हुनाले यो सभ्यतालाई हामीले कुनै पनि हालतमा बिर्सन सकिँदैन,’ प्रचण्डले भने, ‘यो खाली किराँतीको मात्रै सभ्यताको कुरा होइन, यो सिङ्गो नेपालको पनि सभ्यतासँग जोडिएको कुरा भएकोले पनि यसको विशिष्ट अर्थ र महत्त्व छ ।’

 

प्रचण्डले प्रदेश नम्बर एकको राजधानी रहने यदि कथंकदाचित् नभए आफू चाहिँ किराँत प्रदेशको लागि लडिरहने बताए । उनले भने, ‘यो खाली किराँतीको मात्रै सभ्यताको कुरा होइन, यो सिङ्गो नेपालको पनि सभ्यतासँग जोडिएको कुरा भएकोले पनि यसको विशिष्ट अर्थ र महत्त्व छ । त्यसलै किराँत प्रदेश नै हुन्छ । कथंकदाचित् यदि कसैले किराँतको अपव्याख्या, अपमान गरे म तपाईँहरूको साथमा रहेर लडिरहनेछु ।’

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com