2019-08-22

Close

काठमाडौँ ।  सरकारले प्रदेशमा कार्यरत कर्मचारीको दरबन्दीको टुंगो लगाएको छ।

संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणले सातवटै प्रदेशमा कार्यरत कर्मचारी तथा सरकारी कार्यालयको अन्तिम टुंगो लगाएको छ। सोअनुसार सात प्रदेशमा २१ हजार ३ सय ९९ कुल दरबन्दी कायम गरिएको छ।

ओएनएम सर्भेमा जनाइएअनुसार प्रदेश १ मा ३ हजार ६ सय २८, प्रदेश २ मा ३ हजार १ सय ३२, प्रदेश ३ मा ३ हजार ५ सय ५५, गण्डकी प्रदेशमा २ हजार १ सय १४, प्रदेश ५ मा ३ हजार ८ सय २१, कर्णाली प्रदेशमा २ हजार २ सय ३६ र प्रदेश ७ मा २ हजार ६ सय १३ कर्मचारीको दरबन्दी कायम गरिएको छ।

सातवटै प्रदेशमा सचिवको दरबन्दी ७, सहसचिव (अप्राविधिक ४२, प्राविधिक ७०), उपसचिव (अप्राविधिक) २ सय ४४ र प्राविधिकतर्फ उपसचिव ६ सय ५५ दरबन्दी कायम गरिएको छ।, आजको नागरिक दैनिकमा खबर छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com