2019-08-22

Close

काठमाडाैं :  लर्डस्को स्थानीय क्लब मेरिलेबोन क्रिकेट क्लब, एमसिसीले नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्ने भएको छ।

एमसीसीले क्रिकेटको विकास हुँदै गरेका देशलाई सहयोग गर्न अन्तर्राष्ट्रिय भ्रमण कार्यक्रम सुरु गर्ने भएको छ। एमसीसीले आफ्नो यो नयाँ प्रयासअन्तर्गतको अभियानमा पहिलो भ्रमण गर्ने देश नेपाल हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँगको सल्लाहमा एमसिसीले नेपाललाई आफ्नो भ्रमणको पहिलो देश चुनेको हो।

नेपाली राष्ट्रिय टिमले हालै मात्रै एक दिवसीय मान्यता पाएको तथा देशभर क्रिकेटको विकासमा चासो रहेकाले सहकार्य गर्न चाहेको एमसीसीले उल्लेख गरेको छ। तीन वर्षअघि भूकम्प गएको केही समयपछि एमसीसीले नेपाल भ्रमण गरेको थियो। नेपालले क्रिकेटमा धेरै गर्न सक्ने सम्भावना रहेको तर सीमित स्रोत र अवसरका कारण पछि परेकाले एमसीसीको सहयोगात्मक संस्था एमसीसी फाउन्डेसनले क्रिकेटको विकासमा साथ दिनेछ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपालमा क्रिकेटप्रतिको लगाव उच्च रहेको भन्दै एमसिसीसँगको सहकार्यले क्रिकेटको विकासमा ठोस सहयोग पुग्नेमा आशावादी रहेको बताए।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com