2019-08-22

Close
खोटाङ । बैदेशिक रोजगारको शिलाशिलामा मलेसियामा गएका एक युवाको मृत्यु भएको छ ।
 

काम गर्ने क्रममा आफुले चलाइ रहेको मेसिनमा च्यापिँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुवास आचार्यको मृत्यु भएको हो ।

पानीको बोतल भर्ने र प्याक गर्ने कम्पनीमा कार्यरत २२ वर्षिय आचार्यको मेसिनमा च्यापिएर मृत्यु भएको सुरक्षित आप्रबासन परियोजना (सामी)को दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेबी बिश्वकर्माले बताएकी छन ।

आचार्य संगै मलेसियामा कार्यरत राजु पर्साइका अनुसार आचार्यको शव मेसिनमा च्यापिएको अवस्थामा फेला परेको थियो ।

२०७३ असोज मा मलेसिया गएका आचार्य मलेसियास्थित डियु फिडर (एम–एसडिएन–डिएचडी) कम्पनीमा फ्याक्ट्री वर्करका रुपमा कार्यरत थिए । मृतकको शव ल्याउने पहल भइरहेको सूचना केन्द्रले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com