2019-08-22

Close

इस्लामावाद: पाकिस्तानमा बुधवार २७२ सिटका लागि भएको आम चुनावको मतगणना जारी छ। अहिलेसम्मको परिणाम अनुसार इमरान खानको पार्टी पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई) सरकार निर्माणको नजिक पुगेको छ।

उसले अहिलेसम्म ११८ सिटमा जित निकालिसकेको छ। उसलाई अब बहुमतका लागि १९ सिटको खाँचो छ । बहुमतका लागि १३७ सिटको जरुरी हुन्छ । नवाज शरीफका भाइ शहबाज नेतृत्वमा चुनाव लडिरहेको पाकिस्तान मुस्लिम लिग (नवाज) ६० सिट भन्दा माथि पुगेको छ।

बिलावल भुट्टोको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) तेस्रो नम्बरमा छ । उसका ३५ उमम्देवार जित नजिक छन् । समाचार एजेन्सीका अनुसार सन् २०१५ को जस्तै यस पटक पनि ५० देखि ५५ प्रतिशत मात्रै मतदान भएको हो ।

पाकिस्तानमा १० करोड ५० लाख मतदाता छन् । पाकिस्तानको राष्ट्रिय संसदमा ३४२ सिट छन् । ६० सिटमा महिला र १० अल्पसंख्यकका लागि आरक्षित छन्। चार प्रान्तहरु पञ्जाब, सिंध, खैबर पख्तुनख्वा र बलुचिस्तानमा पनि नयाँ सरकार चुनिनेछ ।

धाँधलीको आरोप

पिएमएल-एन, पिपीपी र पाक सरजमीन पार्टी (पीएसपी) ले चुनावमा धाँधलीको आरोप लगाएका छन् । शहबाज शरीफले भोट गणनाका क्रममा लाहौरमा पत्रकार सम्मेलन गरेर नतिजा अस्वीकार गर्ने घोषणा गरे । ‘अहिलेको चुनावी नतिजा बहिष्कार गर्न बाध्य भएको कुरा म यहीँबाट घोषणा गर्न बाध्य छु ।’

निर्वाचन आयोगको खण्डन

पाकिस्तानक चुनाव आयोगले बिहीबार बिहान ४ बजे पत्रकार सम्मेलन गरेर कहीँ पनि धाँधली नभएको प्रष्ट पारेको छ। रिजल्ट ट्रान्समिसन सिस्टमको पहिलो पटक प्रयोग गरिएकाले प्राविधिक समस्या हुँदा चुनावको नतिजे घोषणा गर्नमा केही ढिला भएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com