2019-08-22

Close

एजेन्सी । दिल्लीमा एक परिवारका तीन छोरीको भोकमरीका कारण मृत्यु भएको छ ।

द टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार तीन बालिकाको उमेर १० वर्षभन्दा कम छ ।

भोक र कुपोषणले पीडित यी बालिकालाई अस्पताल पुर्याउँदा उनको पहिले नै मृत्यु भइसकेको बताइएको छ । पोष्टमार्टम रिपोर्ट अनुसार ती बालिकाको पेटमा अन्नको एउटा पनि दाना थिएन । आठ वर्षीया मानसी, पाँच वर्षीया पारो र दुई वर्षीया सूखोलाई लाल बहादुर शास्त्री अस्पताल पुर्याइएको थियो । अस्पतालको चिकित्सा निर्देशक डाक्टर अमिता सक्सेनाले बालिकाहरुको खानै नपाएका कारण मृत्यु भएको पुुष्टि गरेकी छिन् ।

बालिकाहरुको पिताको नाम मंगल हो र रिक्सा चालक हुन् । उनकी आमाको मानसिक स्थिती कमजोर बताइएको छ । उनी दिल्लीको मंडावली इलाकाको एक झुग्गीमा भाडाको कोठामा बस्थे ।

भाडा तिर्न नसकेका कारण उनीहरुलाई घरबाट निकालिएको थियो । मंगलको रिक्सा दुई हप्ता अघि चोरी भएको थियो त्यसपछि उनी कुनै काम गर्न पाइरहेका थिएनन् । घरमा पैसा नभएका कारण खाना बनिरहेको थिएन ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com