2019-08-22

Close

जिम्बाव्वेमा राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित गरी विस्फोट भएको छ ।  देशको दोस्रो ठूलो शहर बुलावायोमा चुनावी र्‍यालीपछि मञ्चबाट उनी निस्किँदै गर्दा उक्त विस्फोट भएको थियो। ग्रिनेड जस्तो देखिने विस्फोटक पदार्थ सीधै उनको समूहतर्फ प्रहार गरिएको थियो । उक्त विस्फोटले पूरै देशलाई स्तब्ध बनाएको छ।

विस्फोटन लगत्तै सञ्चारमाध्यमसँग बोल्दै राष्ट्रपति मनाङगाग्वाले आफूविरुद्ध विगतमा पनि हमलाहरू गरिएको भन्दै नझुक्ने प्रतिक्रिया दिए। उनले आक्रमणलाई कायरतापूर्ण कदम भन्दै त्यसबाट चुनाव नरोकिने बताएका छन्। विपक्षी पार्टीहरूले पनि उक्त विस्फोटनको निन्दा गरेका छन्। विस्फोटमा कुनै चोट नलागे पनि राष्ट्रपति मनाङगाग्वाले त्यसलाई आफ्नो ज्यान लिने प्रयासका रूपमा चित्रण गरेका छन्।

उनले सत्तारूढ जानुपीएफ पार्टी आवद्ध आफ्ना प्रतिद्वन्द्वीहरू उक्त हमलाका लागि जिम्वेवार भएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्। बुलावायोमा चुनावी र्‍याली सकेर हिँडन लाग्दा गराइएको विस्फोटमा दुई मन्त्रीसहित कम्तीमा १० जना घाइते भएका छन्।

अहिलेसम्म आक्रमण कसले गरायो भन्ने प्रस्ट भएको छैन। तर विश्लेषकहरू भन्छन् रोबर्ट मुगाबेलाई सत्ताबाट हटाउन भूमिका खेलेको र मुगाबे शासन कालमा उनलाई सघाएको दुवै कारणले उनका शत्रुहरू पनि छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com