2019-08-22

Close

गाईघाट असार ४
सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट बगाह खण्डमा रहेको ७ कट्ठा १९ धुर जग्गा विक्रिमा संलग्न रहेका आरोपमा नेकपा एमाले ( हाल नेकपा) बाट वडा सदस्यमा निर्वाचित महिला सदस्य पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर–३ मोतिगडाका वडा सदस्य हरिमाया शाही रहेका छन् । उनलाई साता दिनअघि लोकमार्गको जग्गा बिक्री प्रकरणमा आईतवार घरैबाट प्रहरीले पक्राउ गरेको थियो । उनीसँगै वडाध्यक्ष अवधेश चौधरी पक्राउ परेपनि उनी निर्दोष देखिएपछि छाडिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सगरमाथा लोकमार्ग स्थित गाईघाट–बगाहा खण्डको मोतिगडामा पर्ने उक्त जग्गा बिक्री गरेको आरोपमा जग्गाधनी ७८ बर्षीय शिबप्रसाद दाहाल र छोरा वृद्धिप्रसादलाई गत शनिवारै प्रहरीले पक्राउ गरिसकेको छ । दाहाल बाबुछोराले ललितपुर खोकनाका नेपाल डंगोललाई १ करोड २७ लाख २० हजार रुपैयाँमा गत जेठ १६ गते बिक्री गरेको जग्गा लोकमार्गको भएको पुष्टि भएसँगै उनिलाई पक्राउ गरेको थियो । जग्गा किन्ने डंगोललाई काडमाण्डौंमा पक्राउ गरी उदयपुरमा ल्याइसकेको छ । जग्गा किनबेचमा वडा कार्यालयको सिफारिस देखिएपछि सिफारिस गर्ने वडाध्यक्ष चौधरीलाई प्रहरीले पक्राउ रेको थियो ।
तर अनुसन्धानको क्रममा सिफारिसपत्रमा भएको हस्ताक्षर चौधरीको नभएको पत्ता लागेपछि उनलाई छाडिएको र हस्ताक्षरकर्ता महिला सदस्य ठकुरी देखिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसपी नबराज भट्टले बताए । भट्टका अनुसार सिफारिसपत्रमा ठकुरीले हस्ताक्षर गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वडाध्यक्षले गर्नुपर्ने सिफारिसपत्रमा महिला सदस्यलाई कसरी हस्ताक्षर गराईयो भन्ने कुरा अनुसन्धानपछि मात्र थाहा हुने उनले बताए । अहिले सदस्य ठकुरीले कार्यवाहक अध्यक्षको रुपमा हस्ताक्षर समेत गरेको पाईएको छैन । सदस्य ठकुरीले लेखापढी व्यवसायीको विश्वासमा परेर हस्ताक्षर गरिन् वा भूमाफियाको प्रलोभनमा परिन् भन्ने अनुसन्धानपछि मात्र थाहा हुने उनले बताए ।
जग्गा किनवेचमा संलग्नहरुको अनुसन्धान भैरहेको र त्यसमा संलग्न मुख्य योजनाकारको अझै खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com