2019-08-22

Close

वि.सं. २०७५ साल असार ४ गते। सोमबार। इश्वी सन् २०१८ जुन १८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ । ज्येष्ठ शुक्लपक्ष। तिथि– पञ्चमी, १४:०२ बजेउप्रान्त षष्ठी। नक्षत्र– अश्लेषा, ९:३३ बजेउप्रान्त मेघा। योग– हर्षण, १६:११ बजेउप्रान्त बज्र। करण– वालव, १४:०२ बजेदेखि कौलव, २४:५५ बजेउप्रान्त तैतिल। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– कर्कट, ९:३३ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ५:१० बजे, सूर्यास्त– १९:०० बजे र दिनमान ३४ घडी ३५ पला।

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ) : अध्ययन अध्यापनमा रुचि बढ्नेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाइकै नाम अग्र स्थानमा आउनेछ । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरू तपाइकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबिच सम्बन्धमा सुधार आउनेछ । बिहानको समय मध्ययम रहेकोले समाजमा आफ्नो प्रतिष्ठा जोगाउन हम्मे हम्मे पर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) : माया प्रेममा अविश्वास सिर्जना हुँनेछ भने घर परिवारमा आमा सँग मनमुटाव उत्पन्न हुँनेछ । अन्य काममा व्यास्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढिनै सङ्घर्ष गर्नु पर्नेछ । आफन्त तथा इष्टमित्र सँग टाडिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन्् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाई लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो कामगरि प्रशिद्धि कमाउँन सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जागिर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : बिचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईँको बोलीको सबैले कदर गर्नेछन् । व्यावसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृड हुनेछ । आफन्त तथा कुटुम्ब सँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । गीत सङ्गीतमा लाग्नेहरुका लागि समयले साथ दिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : स्वास्थ्यमा आउने समस्याका कारण कामहरू प्रभावित हुनेछन् । आत्मबल तथा मनोबल कमजोर हुने हुँदा आटिला तथा परिक्रमा क्रिर्याकलापमा पछि परिनेछ । समाजमा तपाईँको कामको आलोचना हुनेछ । आफन्त तथा पुर्वजहरुसँग सामान्य कुरामा पनि ठुलै मतभेद रहनेछ । पढाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य विवाद सिर्जना भए पनि अन्तमा एक अर्कालाई विश्वास गर्दै छुट्टिन पाउँदा मन प्रसन्न रहनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : बिहानको समय उत्तम रहेकोले शिक्षा तथा बैङ्किङ क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । मध्यान्हबाट माया प्रेममा मनमुटाव सिर्जना हुँनेछ भने पति पत्नी बिच अविश्वास बढ्नेछ । साथीभाइ तथा आफन्त हरेको भेटघाटले नयाँ काम गर्ने अवसर आयपनि फाइदाको लागि अलि बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउँने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । पढाई लेखाइमा अलि बढिनै समय दिनुपर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नीबिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकामनाहरू पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउँन सकिनेछ । व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरू फराकिला हुनेछन् ।

बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) : विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउँनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । व्यस्तताका बाबजुद पनि उपलब्धिमुलक कामहरू गर्न सकिने ग्रहयोग रहेको छ । भनेको समयमा सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउँन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुँनेछ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाइकै नाम अग्र स्थानमा आउनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे) : कल्याणकारि तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तीरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना विचारहरू मनमानसमा लैजान सकिनेछ । बिहानको समयमा नकारात्मक सोच तथा विचारहरू आउनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : सबैलाई रिझाएर नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापार व्यावासायमा मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने नयाँ काम सम्पादन गर्न सकिनेछ । मध्यान्हबाट सत्यता बुझेर अगाडि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुख पाइनेछ । पुरानो रोगले सताउन सक्छ ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवन साथीको साथ रमाइलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाइकै पक्षमा फैसला हुने समय रहेको छ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ । व्यापार फस्टाएर जाने हुनाले अर्थ सङ्ग्रह मनग्गे गर्न सकिनेछ । कुनै पनि प्रतिस्पर्धामा तपाइकै नाम आउनेछ । मामा तथा मावलि पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरू स्वतः समधात हुने योग रहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com