2019-08-22

Close

उदयपुर जेठ ५
नेपाली कांग्रेस उदयपुरले रिक्त रहेको विभागलाई पूर्णता दिन संयोजक तोेकेको छ, कांग्रेसको विधान २०१७ को धारा ११ उपधारा १६ को घ अनुसार नेपाली कांग्रेस उदयपुरको कार्य समितिको जेठ २ गते सम्पन्न बैठकले पहिलो चरणमा संयोजक चयन गरेको हो ।
विभाग अन्तर्गत स्थानीय तह विकास विभागमा भिमचन्द्र राई, प्रचार विभागमा मदनराज कटुवाल, संगठ विभागमा मनोज कुमार बस्नेत र प्रशिक्षण विभागमा महेन्द्र कुमार राईलाई संयोजक तोकिएको छ । कांग्रेस पार्टी सभापती विदुर बस्नेतले शुक्रबार विभागको संयोजक तोकेका हुन् । विभागका संयोजकहरुले जिल्लाको आठ वटै स्थानिय तहबाट समेटिने गरी बढिमा २१ सदस्यीय समिति गठन गरि १५ दिन भित्र विभागलाई पूर्णता दिनका लागि संयोजकलाई जिम्मेबारी तोकेका छन् ।
यता पार्टीले कांग्रेस जिल्ला कमिटि सदस्य मदनराज कटुवाललाई नेपाली कांग्रेसको प्रवक्ता तोकेको छ, नेपाली कांग्रेस उदयपुरका पूर्व पार्टी सचिव समेत रहेका कटुवाललाई पार्टी प्रवक्ताको जिम्मेबारी दिईएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com