2019-08-22

Close

सम्पादकिय
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको ब्याबस्था गरिएको छ । त्यसैको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने व्यवस्था छ ।

सोही धाराको उपधारा (२) मा प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ भन्ने उल्लेख छ । यसै क्रममा उपधारा (३) मा प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने व्यवस्था छ भने उपधारा (४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने प्रावधान राखिएको छ ।

स्वास्थ्य मन्त्रालयले गत वर्ष सार्वजनिक गरेको तथ्याङ्कमा नेपालभर अस्पतालका सङ्ख्या ८६, प्राथमिक स्वास्थ्य केन्द्रका सङ्ख्या २०५, स्वास्थ्य चौकी ८२२ र उप–स्वास्थ्य चौकी दुई हजार ९८४ देखाइएको छ । देशमा यत्रतत्र छरिएका रहेका सम्पूर्ण जनतालाई यी संस्थाबाट स्वास्थ्य सेवा पु¥याउन निकै चुनौतीपूर्ण देखिन्छ ।

नेपालमा प्रत्येक एक हजार बडी नागरिकको भागमा एक डाक्टर पर्ने तथ्याङकले देखाउछ । यस्तो अबस्थामा विद्यमान डाक्टरहरूले सबै नेपालीलाई संविधानमा लेखिए अनुरूपको सेवा के कसरी प्रदान गर्लान् भन्ने प्रश्न भने अनुत्तरित नै छ ।

यती हुदाहुदै पनी मौजुदा डाक्टरहरूको वितरणमा पनी काठमाडौँ राजधानी भन्दा अन्य बिकटका जिल्ला हरूमा असमान देखिन्छ । हाल देशभित्र उत्पादन हुने र बिदेश बाट शिक्षा हासिल गरेर स्वादेश फर्किने मेडिकल डाक्टरहरु पनि सुबिधायुक्त शहर हरुमा आकर्षित हुने गरेको पाइन्छ । दुर्गम जिल्लाकोत कुरै छाडम सुगम जिल्लामा पनि जान इच्छुक देखिदैनन ।

अबका दिनमा सरकारले नेपाल सरकारको छात्रवृत्ति कोटा बाट पड्ने मेडिकल विद्यार्थीहरु लाई पहिलो शर्त एक वा दुइ बर्ष अनिवार्य दुर्गम जिल्ला हरुमा गएर स्वास्थ्य सेवा दिनै पर्ने बाताबरण बनाउन जरुरी छ ।

नेपाल सरकारले बिना पैसा उपब्ध गराउदै आएका औषधि हरु त्यहीँको सरोकार वाला हरु संग मिलेर महङ्गो मुल्यमा बेच्दै आएको भन्ने पनि धेरै गुनासा हरु सुन्नमा आएका हुन्छ्न । स्वास्थ्य संस्था हरुमा गएर त्यस्को अनुगमन गरि त्यस्ता बिकटमा जिल्ला हरुमा औषधिको कमि आउन दिन हुदैन । सामान्य रुघाखोकी का औषधि हरु जिबनजल जस्ता अत्यावश्यक औषधि हरुको कमि हुन नदिन सम्बन्धीत निकाय जागरुक हुन जरुरी छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com