2019-08-22

Close

काठमाडौं ३ बैषाख । रोजगारीका लागि युएई पुगेका एक नेपालीको हृदयघातका कारण मृत्यु भएको छ । सोलुखुम्बुको नेचा सल्यानका ४८ वर्षिय मिनबहादुर राईको दुबईमा सुतेकै ठाउँमा ज्यान गएको हो ।

पाँच वर्षअघि युएई पुगेका राई दुबईको बर्केली कम्पनीमा क्लिनरको काम गर्दै आएका थिए । गत मंगलबार राती ड्युटी गरेर फर्किएका मिनबहादुरको सुतेकै ठाउँमा ज्यान गएको हो ।

बुधबार साँझ काममा जाने समयसम्म नउठेपछि उठाउन खोज्दा ज्यान गएको थाहा भएको उहाँसँगै बस्ने साथी योगेन्द्र गुरुङले जानकारी दिएका छन् ।

सुतेको ठाउँबाट नउठेका मिनबहादुरको हृदयघातका कारण ज्यान गएको अस्पतालले जनाएको छ । शव दुबईमा रहेको अल रसिद अस्पतालमा राखिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com