2019-08-22

Close

चैत ११ । दुनियाँ २१औं शताब्दीको प्रबिधी युक्त दुनियाँमा प्रबेश गरे पनि हाम्रो मुलुकमा अहिले पनि यस्तो अबस्था छ जहाँ मानिस हरु खुल्ला आकाश मुनि दिशा पिशाब गरि रहेका छ्न । आज हामी पनि त्यहीँ अवस्था लाई कम गर्न भन्दै विभिन्न जिल्ला गाउ नगर लाई खुल्ला दिशा पिशाब मुक्त भनेर घोषणा गरेर आफू लाई बुद्धिजीवी साबित गरि रहेका छौ ।

मुलुकमा यस्ता पनि गाउँ छन जहाँ मानिस हरु एक छाक नुनको लागी दशौं घन्टा पैडल हिड्न बाध्य छन । हामि त्यस्तो गाउँमा दिशा पिशाब मुक्त गाउँ भनेर घोषणा गर्न आतुर छौ तर ती नागरिक हरुको दैनिकी लाई कसरी सहज गर्ने भन्ने बिषयमा कमै सोच्ने गर्दछौं । घण्टौ लगाएर स्कुल जान पर्ने बाध्यता छ तर त्यहाँ पुगिसकेपछि पनि पठनपाठनको लागी पुस्तक या अन्य सामाग्री हरुको कमि छ ।

यदि त्यो समाजमा बिद्यालय हरु खोलेर राम्रो पठनपाठनको ब्याबस्था गर्न सक्ने र खुल्ला दिशा मुक्त घोषणा गर्नु भन्दा पहिले खुल्ला ठाउँमा दिशा पिशाब गर्दा पर्ने असरको बारेमा त्यहाँ बच्चा हरु लाई स्कुल लेभल देखि नै जानकारी गराउन सकियो भने त्यो प्रभावकारी हुन सक्छ ।

गाउँ नै गाउँले बनेको हाम्रो देशको अधिकांश भाग गाउँ नै पर्छ । आजपनि हाम्रो देशमा त्यस्ता गाउँ हरु छन जहाँ झाडा-पखाला लाग्दा जिबनजल को झोल समेत पाइन्दैन । सामान्य रुघाखोकीको औषधि गाउँमा पाइन्दैन । यसबाट आम नागरिकले ठुलो कष्ट भोग्न परेको छ । केन्द्र बाट गाउगाउँमा सरकार बने पनि खासै प्रभावकारी हुन सकेको छैन ।

ग्रामीण भेगमा यातायातको असुविधा हुँदा असक बिरामी हरुलाई पिठिउमा बोकेर गन्तव्य सम्म पुर्याउन परेको अवस्था छ । धेरै जसो गाउँमा प्रसुतीगृह नहुदा गर्भवती महिला हरुले अकालमा ज्यान गुमाउन परेको अवस्था छ । घण्टौ लगाएर बिद्यालय जानू पर्ने अबस्था त्यो पनि सिपमुलक शिक्षाको कमिले गर्दा जनतामा आजको युग संग कुनै तादाम्यता देखिदैन ।

गरिबी पछौटेपन बाट गुज्रिरहेको ग्रामीण समाजलाई अबको स्थानीय सरकारले उचित ब्याबस्थापन गर्न जरुरी छ । केन्द्रिय सरकारको लगानी प्राय सहरी क्षेत्रमा केन्द्रित हुँदा ग्रामीण क्षेत्र सधै पछाडि परि रहेको छ । अब स्थानीय सरकारले ग्रामीण क्षेत्रको बिकासका लागी पहिले उचित पुर्बाधारको बिकासमा ध्यान दिन जरुरी छ । खानेपानी, बाटो, बिजुली, शिक्षा लगाएतका बिकाशका पुर्बाधार हरु लाई सबै ग्रामीण क्षेत्रमा पुर्याउन पहिलो प्राथमिकता दिनु पर्दछ ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com