2019-08-22

Close

‘मलाई पनि तिम्रो जस्तै पत्रिकाको पत्रकार परिचय पत्र बनाइदिनुपर्यो ।’ बन्द हड्ताल र प्रहरी चेकिंगबाट दिक्क भएको सुरेन्द्रले संगै बसेर दारू खाइरहेको ‘गुप्तचर’ पत्रिकाको प्रधान सम्पादक भोजप्रसादलाई अनुरोध गर्यो ।
‘ ए ल ल भैहाल्छ नि, भोलि दुइप्रति फोटो लिएर कार्यालयमा आउनु !’ प्रधान सम्पादक भोजप्रसादले भन्यो ।

राजेश खतीवडा

नभन्दै भोलि पल्ट सुरेन्द्रले पत्रिकाको कार्यालयमा पुगेर भोजप्रसाद मार्फत पत्रकार परिचय पत्र बनायो र तुरून्तै आफ्नो गाडीको अगाडी ‘प्रेस’ पनि लेखायो ।

सुरेन्द्र स्थानीय बजारको ठूलो सुन ब्यापारी पनि थियो । पत्रकार परिचय पत्र बनाएपछि ऊ भोलिपल्टै ‘प्रेस’ लेखेको गाडीमा काठमाण्डौ हुइँकियो र निकोर्सी घर फर्कियो । राजमार्गको धेरै ठाउँमा प्रहरी चेकिंग चलिरहेको थियो तर उस्लाई कुनै समस्या परेन ! गाडीमा ‘प्रेस’ लेखेको देखेपछि पत्रकारको गाडी रहेछ भनेर प्रहरीले सुरेन्द्रको गाडी चेक नगरी छाडिदिए । ठाउँ- ठाउँको प्रहरी चेकिंग पार गर्दै ऊ साँझ घर आइपुग्यो र खाना खाएर ओछ्यानमा ढल्कियो ।

सुत्ने बेलामा श्रीमतीलाई पत्रकार परिचय पत्र देखाउँदै भन्यो, ‘ बुढी,यो परिचय पत्रले गर्दा आज काठमाण्डौबाट ५ किलो दुइनंबरी सुन बोकेर आउन सारै सजिलो भो ! अब हाम्रो सुन व्यापार झनै फस्टाउने भो ! न त अब नेपाल बन्दको टेन्सन हुने भो, न त पुलिसको टेन्सन हुने भो !’

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com