2019-08-22

Close

उदयपुर\पुरुष अनुहार देखिने चार जना व्यक्ति महिला पहिरन साडी चोलो, चुरापोतेमा सजिएर मंगलबार बिहान सदरमुकाम गाईघाट बजारमा हिडेको दृश्य देखिएको मात्र थियो नजिकबाट नियाल्नेको संख्या निकै देखियो । त्यतिकैमा खासखुस कुरा काटने पनि निकै देखिए । विल्कुलै नयाँ परिवेशका व्यक्ति देखिएपछि सडकमा हेर्नेको संख्या उल्लेखिय थियो । कसैले यो पुरुष हो भने कसैले महिला हो तर लिङ छुट्याउनेको जमात निकै कम थियो । तर सबैको खुल्दुलीको बिषय आखिर यीनीहरु को हुन ? भन्ने मै थियो । कतिपयले तेस्रोलिङ्गि भने त कतिपयले कुनै नाटक प्रर्दशनका लागि होला भने धेरैले तेस्रोलिङिको भन्ने पहिचान गर्न सकेनन् ।
ति व्यक्ति जिल्ला वाहिरका पनि होईनन् जिल्ला भित्रकै हुन् । आफुनो पहिचान स्थापित गराउन र अधिकार खोज्नेक्रममा समलिङि तथा तेस्रोलिङ्गीहरु यतिबेला जिल्लाका बजारहरुमा पहिलोपटक खुलेर हिड्न थालेकाछन् । पारिवारिक तथा सामाजिक तिरस्कार अति हुन थालेपछि क्रमश आफुहरु आफ्नो अधिकारको खोजीमा वाहिर निस्कन थालेको त्रियुगा नगरपालिका ११ गाईघाटकी ३५ बर्षीय प्रियारानी चौधरी बताउछिन् ।
लिङको हिसावले उनी पुरुष हुन् । १ छोरा र २ छोरीका पिता प्रियारानीको वास्तविक नाम उमाकान्त चौधरी हो । सानै उमेरदेखि केटी साथीसँग घुलमेल हुन रुचाउने प्रियारानी सामाजिक संस्कारबाट तिरस्कृत भएपछि पछिल्लो समय भारतमा बस्दै आएको बताउँछन् । परिवारको दवाव थेग्न नसकेपछि १५ बर्षको उमेरमा विवाह गर्नुपरेको उनी बताउँछन् । प्रियारानी यतिबेला श्रीमती, छोराछोरीको साथमा छन् ।
‘सुरुसुरुमा परिवार र समाजलाई बुझाउन गार्हो पर्यो,’ उनले थपे, ‘तर अहिले परिवारमा त्यस्तो छैन समाजमा केहि गार्हो छ ।’ अहिले पनि बजारमा महिलाको पहिरनमा हिड्दा हेर्ने र पछि लाग्नेको लर्को लाग्ने गरेको उनको भनाई छ । तेस्रोलिङिकोरुपमा सदरमुकाम गाईघाटमा हिडडुल गर्न थालेपछि आफ्नो नाम प्रियारानी भएको उनी बताउँछन् ।
उनी जस्तै ३२ बर्षीय देवकुमार राम (दिपिका) र लक्ष्मीकान्त चौधरी (लक्ष्मी) पनि निर्धक्कसँग आफ्नो परिचय तेस्रोलिङिबाट दिन्छन् । २०६८ सालको जनगणनामा १ जना मात्र तेस्रोलिङी भेटिएको उदयपुरमा यतिबेला तेस्रोलिङि र समलिङिको संख्या झण्डै ६ सय जना रहेको तेस्रोलिङिको क्षेत्रमा जिल्लामा कृयाशिल निलहिरा समाजका कार्यक्रम संयोजक कृष्णदेव यादव बताउँछन् ।
पारिवारिक तथा सामाजिक विभेद, तिरस्कारलाई छिचोल्दै क्रमश तेस्रोलिङिको संख्या बढ्दै गएको उनको भनाई छ । धेरै सवालमा अधिकारकर्मीहरुले अधिकारका कुरा वकालत गरेपनि हाम्रा सवालमा कसैले वकालत नगरेको उनको गुनासो छ । नयाँ संबिधानमा केहि कुरा सम्बोधन भएपनि सोचेअनुरुप हुन नसकेको उनले बताए ।
सेभ द चिल्डे«न युएसएको सहयोगमा प्रयास महिला समुह र निलहिरा समाज (व्लु डाइमण्ड सोसाइटी) ले उदयपुरमा तेस्रोलिङिका अधिकार र एचआईभि एडसको सचेतना सम्बन्धी कार्यक्रम गर्दै आएकाछन् । ७ महिना अघिदेखि सञ्चालनमा आएको यो कार्यक्रम भर्खरै सकिएकाले आफ्नो पहिचानको मुद्दालाईअघि बढाउन समस्या परेको यादवले बताए ।
यादवले दातृनिकायको सहयोग सकिसकेकाले सहयोगका लागि सबै पंक्षसँग अपिल गरे । उनले स्थानीय तहमा संस्था नै दर्ता गरी संगठित हुन लाग्दा संंस्था दर्ता नभएको बताए । उनीहरुको एचआईभि एडसको निुशुल्क परिक्षण मानवअधिकारका लगायतका सवालमा काम गर्दै आएको यादवले बताए । हालसम्म ४ हजार बढिले एचआईभि एडसको निुशुल्क परिक्षण सेवा लिएको र आउनेको संख्या पनि बढि रहेको उनको भनाई छ ।
विशेषगरी जिल्लाको त्रियुगा, चौदण्डी, बेलका नगरपालिकामा तेस्रोलिङिको संख्या अधिक रहेको यादवले बताए । दिपिकाले अरु सरह राज्यको हरेक निकायमा आफ्नो प्रतिनिधित्व हुनु पर्ने माग गरीन । उनले बिद्यालयदेखि क्याम्पस तहसम्म अध्ययन गर्दा शिक्षक र परिवारले तिरस्कार गर्ने गरेको बताईन ।
‘अहिले पनि समाजको हामी प्रति हेर्ने दृष्टिकोण समाजको नकारात्मक छ,’ उनले भनिन्, ‘यो विभेदकारी संस्कार हटाउन र आफ्ना मागहरु पुरा गर्न लडनुको विकल्प छैन् ।’ सडकमा हिड्नेक्रममा भेटिएका उनीहरुले आफुहरु सामाजिकरुपमा तिरस्कारमा परेको बताए । भेटिएकाहरुले परिवारको जवरजस्तिमा विवाह गर्नु परेको बताए । सानै उमेरदेखि छोरी मान्छे बन्न रहर लाग्ने, केटी साथीसँग घुलमेल हुन र त्यसरी नै बोल्न मन हुने गरेको उनीहरुको भनाई छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Contact

coming soon

Copyright © 2018-2019 www.24nepal.com