Flash

रोल्पा, १६ असोज– नेकपा माओवादी केन्द्रको आधार इलाका मानिने रोल्पाबाट आगामी चुनावमा बर्षमान पुन उम्मेदवार बन्ने भएका छन् । गत संविधान सभा चुनावमा रोल्पा क्षेत्रनम्बर १ बाट वर्तमान परराष्ट्र मन्त्री तथा माओवादी नेता कृष्णबहादुर महरा निर्वाचित भएका थिए ।

क्षेत्र नम्बर २ बाट बर्षमान पुनकी पत्नी, सभामुख ओनसरी घर्ती निर्वाचित भएकी थिइन् । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि माओवादीले रोल्पाबाट उम्मेदवार सिफारिस गरको छ ।

जसअन्तर्गत प्रतिनिधिसभा निर्वाचनका लागि बर्षमान पुनको नाम सिफारिस गरिएको छ । संविधान सभाको दोस्रो चुनावमा ललितपुरबाट चुनाव लडेका बर्षमान पुन पराजित भएका थिए ।

आइतबार बसेको माओवादी जिल्ला कमिटीको बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । यसअघि रोल्पाबाट कृष्णबहादुर महरा चुनाव लड्ने चर्चा चलेपनि उनको नाम भने सिफारिस भएन ।

यस्तै प्रदेशसभा चुनावमा रोल्पाको क्षेत्र नं. १ बाट माओवादी केन्द्रका सचिवालय सदस्य जोखबहादुर महरा, युवा नेता कुलप्रसाद केसी र क्षेत्र नं. २ बाट नेकपा (माओवादी केन्द्र) केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र कुमार पुनमगरको नाम सिफारिस गरिएको छ ।

यस्तै समानुपातिक तर्फका लागि केन्द्रीय सांसद्का लागि पूर्व मन्त्री जयपुरी घर्तीमगर, सभामुख ओनसरी घर्तीमगर, प्रदेशका लागि क्षेत्र नम्बर १ बाट चन्द्रबहादुर बुढामगर ‘शेष’, मिना बुढामगर ‘प्रतीक्षा’, पवन कुमार कवँर, ओमबहादुर पुनमगर, सीता आचार्य, राजकुमार कवँर, इन्द्र बहादुर रोकाको नाम सिफारिश गरिएको छ ।

यस्तै २ नम्बर निर्वाचन क्षेत्रबाट सुरेन्द्र थापाघर्ती ‘ध्रुव’, तोप बहादुर डाँगी, कर्मलाल परियार, रामधन पुनमगर, हरीसरा घर्तीमगर, भक्तबहादुर वली, काशीराम बुढामगरको नाम सिफारिश गरिएको छ ।

Published date : 2017-10-02

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon