Flash

विश्वराज तामाङ
उदयपुर फागुन १८
स्थानीय औद्योगीकरण र लगानी तथा उत्पादनसँगै आन्तरिक पर्यटनलाई लक्षित गरी सुरु पूर्वाञ्चल क्षेत्रीय महोत्सव उदयपुरको चौथो संस्करण बिहीबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटद्वारा आयोजित महोत्सवको उद्घाटन उद्योगा वाणिज्य संघका पूर्वाञ्चल प्रमुख टंक दुलालले गरेका हुन् । महोत्सवमा दुई सय विभिन्न स्टलहरु राखिएको आयोजक त्रियुगा उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्माले बताए ।

 
स्थानीय घरेलु लघु उद्यमका प्रदर्शनी, विभिन्न बहुराष्ट्रिय कम्पनीका उत्पादनको विक्रि वितरण तथा प्रदर्शनी रहने आयोजकको दाबी छ । महोत्सवअवधिभर अवलोकनकर्ताको ध्यानाकर्षण गराउन दैनिक स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ । त्यस्तै पहिलो दिन चर्चित युवा गायक डम्बर नेपालीले सांगीतिक प्रस्तुतीमार्फत दर्शक नचाएका थिए । महोत्सवमा हेलिक्पटरबाट गाईघाटको दृश्यावलकोन, उठ, अस्ट्रिजको प्रदर्शनी यस पटक आकर्षणको केन्द्र बन्ने त्रियुगा उद्योग वाणिज्य संघका सदस्य विश्वराज भट्टराईले बताए । महोत्सवमा एक करोड बढिको कारोबारको लक्ष्य राखिएको आयोजकले जनाएको छ । महोत्सवमा सुरक्षा कडाईका लागि विभिन्न सुरक्षा निकायहरुले कडा सुरक्षा प्रदान गर्ने छ । आन्तरिक तथा वाहर्य पर्यटन बढाउनका लागि महोत्सवको आयोजना गरिन लागिएको आयोजकको दावी छ । महोत्सव अवलोकन गर्नका लागि उदयपुुर संगै छिमेकी जिल्लाहरु सिराह, सप्तरी, खोटाङ लगायतका स्थान देखि अवलोकनकर्ताहरु आउने त्रियुगा उद्योग वाणिज्य संघका महासचिव चुडामणी कार्कीले बताए ।
महोत्सवमा विभिन्न स्थानीय आदिवासी जनजातीको परिकार तथा स्थानीय परिकारहरुको प्रदर्शनी तथा विक्रि वितरण प्रमुख आकर्षण रहेको छ । बाल उद्यान, विभिन्न मनोरञ्जनात्मक खेल लगायत विभिन्न प्रर्शनीहरु मेलाको मुख्य आकर्षण रहेको छ ।
बुधबार सुरु उद्घाटन कार्यक्रममा प्रमुख अतिथि दुलाल, नेकपा एमाले सचिव परमेश्वर घिमिरे, फोरम लोकतान्त्रिक उपाध्यक्ष मोहरबक्स अलि, राष्ट्रिय जनमोर्चाका लिल बहादुर राई, स्थानीय विकास अधिकारी गणेश प्रसाद दाहाल, महिला समन्वय समिति उपाध्यक्ष सरिता राई, अधिकारकर्मी नजवुल खान लगायतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विश्वकर्माको अध्यक्षतामा सम्पनन कार्यक्रमको उद्घाटन शत्रमा सप्तक कला केन्द्र गाईघाटले सास्कृतिक प्रस्तुती मार्फत स्वागत गरेका थिए ।

Published date : 2017-03-01

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon