Flash

 

उदयपुर जेठ १६
सोमबार देशभर १० औ गणतन्त्र दिवश मनाईयो, गणतन्त्र दिवशको अबसरमा पारेर उदयपुरमा पनि विभिन्न कार्यक्रम गर्दै यो दिवश मनाईएको छ । गणतन्त्र दिवश मनाईरहदा शहिद परिवार तथा जनआन्दोलन घाईतेहरुले भने आफुहरुको योग्दानको कुनै मुल्यांकन नभएको भन्दै दुख व्यक्त गरेका छन् ।
सोमबार गणतन्त्र दिवशको आयोजना भैरहदा चार शहिद परिवारलाई सम्मान गरिएको थियो, यता स्थानिय शान्ति समितिको अभिलेखमा भने तत्कालिन विद्रोहि पक्ष माओवादीका तर्फबाट शहिद हुने ६६ सहित राज्य पक्षका गरि १२० जनाको नाम शहिदको सुचीमा जिल्लामा रहेको छ ।
तर शहिद परिवारको सम्मनको नाममा सिमित व्यक्तिको स्वार्थका कारण सबै शहिद परिवारको संबोधन नभएको प्रति सहिद परिवारले आफुहरु अपमानित भएको गुनासो गरेका छन् । गणतन्त्र दिवश मुल आयोजक समितिले शहिद परिवारको सम्मानको लागि स्थानिय शान्ति समितिलाई जिम्मा दिईए पनि शान्ति समितिले भने शहिद परिवारको सहि तथ्यांक उपलब्ध नगराएको प्रति उनीहरुले दुखेसो पोखेका छन् ।
गणतन्त्र दिवशको अबसरमा मुल आयोजक समितिले बिहान ११ बजेको कार्यक्रममा शहिद परिवार सम्मान गर्ने भन्ने उल्लेख गरे पनि सोमबार बिहान आयोजित कार्यक्रममा शहिद परिवार सम्मान गरेको थियो ।
१० बर्षे जनयुद्धको क्रममा आफ्नो सन्तान गुमाएका भुटरका वल बहादुर मगर सोमबार गणतन्त्र दिवशको अबसरमा शहिद परिवारलाई गरिने सम्मानको क्रममा पुगेका थिए । २०६२ सालमा बन्दिपुरमा राज्य पक्षबाट छोरा सहिद भएका थिए, आफ्नो छोरा गंगाबहादुर लायोमगर जस्ता थुप्रै शहिदहरुले गर्दा देशमा गणतन्त्र आयो तथा राज्यले आफुहरुलाई न त कुनै सम्मान गर्यो न त देशमा दिगो शान्निनै आयो उनले एक्सप्रेस संग भने ।
बल बहादुर मात्रै हैन भुट्टारबाट बेचनसाहि ठकुरी र सनककुमारी साहि पनि सदरमुकाम आईपुगेका थिए, आफ्ना छोरा छोरी शहिद हुदा पोलेको घाउ अझै पनि मष्तिष्कमा ताजै छ, सनककुमारी भन्छिन् ।
देशमा तत्कालिन विद्रोहि माओवादी नेतृत्वको सरकार छ, स्थानिय तहमा गठित शान्ति समितिको संयोजक माओवादी केन्द्रका निरज पौडेल अध्यक्ष छन्, सबैले शहिद परिवारलाई विर्सेकाउ उनीहरुको गुनासो छ ।
देशमा गणतन्त्र स्थापना भए पनि जनताले अझै पनि मुक्ति र स्वाधिनता नपाएको शहिद परिवारहरु बताउछन्, देशमा हजारौ शहिदहरुको बलिदानी भए पनि उनीहरुको बलिदानीको कदर र प्राप्त उपलब्धी संस्थागत हुन नसकेको प्रति उनीहरु चिन्तित छन् ।
राज्यमा गणतन्त्र स्थापना भए पनि नागरिकले उस्तै सास्ती खेप्नु परेको छ, प्रमुख दलहरुको अन्तरविरोधले जनतामा निरासा जागेको शहिद परवार बलबहादुर बताउछन् ।
गणतन्त्र स्थापना भए पनि राज्यले अझै पनि जनयुद्धको क्रममा राज्य तथा तत्तकालिन विद्रोहि पक्षबाट शहिद भएकाहरुलाई अझै पनि राष्टिय शहिद घोषणा गर्न नसकेको प्रति दुःख लागेको नेकपा माओवादी क्रान्तिकारीका जिल्ला इन्चार्ज अम्बर बहादुर परियार बताउछन् ।

Published date : 2017-05-29

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon