Flash

इलाम, ६ फागुन ।      इलाममा यो वर्ष अढाई लाख बढी जनसंख्यालाई हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने भएको छ ।  जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले दुई वर्षदेखि माथि ७० वर्षसम्मका दुई लाख ६६ हजार ८३३ जनालाई फागुन १२ देखि १४ गतेसम्म हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउन लागिएको जानकारी गराउनुभयो ।

हात्तीपाइले रोगलाई नेपालबाटै उन्मूलन गर्ने उद्देश्यले विगत छ वर्षदेखि सञ्चालन भइरहेको हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउने अभियानमा सबै पक्षलाई सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

औषधि सेवनका लागि एक हजार ९४४ वटा केन्द्रमा त्यत्तिकै संख्यामा स्वयंसेवक र ३६१ जना स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर विमल बरालले जानकारी दिनुभयो ।

सन् २०१८ बाट नेपालबाटै हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य रहेअनुरूप वि.सं. २०६८ देखि यो रोगविरूद्धको औषधि खुवाउँदै आएको छ । जसअनुरूप इलाममा पहिलो वर्ष आव २०६८÷६९ मा ६६ दशमलव ४ प्रतिशत, ०६९÷७० मा ७० दशमलव २, २०७०÷७१ मा ८० दशमलव ०२, ०७१÷०७२ मा ८५ दशमलव ११, ०७२÷७३ मा ९० र २०७३÷७४ मा ९२ प्रतिशत प्रगति भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका दानाबारी, चुलाचुली, बाँझो, साकफारा, जिर्मले, इरौंटार र महमाईलगायतका गाउँ यस रोगको उच्च जोखिममा रहेकोसमेत कार्यालयले जनाएको छ ।

Published date : 2018-02-18

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon