काठमाडौं । गृहमन्त्री छँदा रास्वपा सभापति रवि लामिछानेले सिंहदरबार सबैका लागि खुला गर्न प्रस्ताव गरेका थिए । त्यस बेला लामिछानेले भनेका थिए, ‘सिंहदरवार छिर्न अब कसैलाई चिन्नु पर्दैन । चिनेका आधारमा पास पाएर मात्रै आफ्नो काम गराउन पाउने, आफ्नो मान्छे भित्र भएर मात्रै फोन गरिदिएर भित्र छिर्ने पाउने अवस्थालाई अन्त्य गर्ने प्रयास हो ।’
तत्कालीन गृहमन्त्री लामिछानेले २०८१ जेठमा गरेको यस्तो घोषणा लागु हुनु त कता हो कता, उल्टै यसअघि सजिलै जान सकिने ठाउँमा पनि विभिन्न बहानामा जान रोक लगाइएको विभिन्न दृष्टान्त छन् ।