आइतबार २४ कार्तिक २०८२

डिल्ली राज घिमिरे
भूमिकास्थान ९ अर्घाखाँची

हजज मुसम्मन सालिम

वजन :–  १२२२,१२२२,१२२२,१२२२
हिजो चप्पल र जुत्ता बन्ने हाम्रो कारखानामा
नयाँ के नीति ल्याए खै यही हाम्रो जमानामा

गरौँ पौरख जे जे पर्ला उहीँ टर्ला किसानी हौँ
फलाउनु पर्छ यसपालि घिरौँला घरको छानामा

सिपालु नै थिए साजिस रचे खोज्नू कयौँ भ्रान्ति
लगाउन अब दिने छैनौँ नजर हाम्रो खजानामा

सगरमाथाले बोकेको थियो हाम्रो नयाँ इतिहास
धराको ताल बेच्छन् है छिमेकीलाई एकानामा

जमाना फेरियो टाल्दै गयौँ हामी भिडौँ आऊ
चुनौती नै भयो लेखेर लौ साहित्य पानामा ।

प्रकाशन मिति : २०८२ भदौ ७

Last Updated on: August 23rd, 2025 at 9:41 am
१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया