आइतबार २२ मंसिर २०८२

मुतकारिब मुसम्मन सालिम
अर्कान फऊलुन् × ४
वजन १२२×४
नदीसँग बगरको किनारा छ काफी
स्वयम् जल दिने मूलधारा छ काफी

गरी प्रेम औधी नजिकबाट हेर्दा
अहो! खुब नयनको इसारा छ काफी

सदाचार राखी हटाएर जालो
तिमीले दिएको सहारा छ काफी

विदेशी मुकुलमा ऊ जाँदैन मित्र
मुलुकभित्र उसको गुजारा छ काफी

जमाना खराब न आए हुने हो
सुनौलो सफर जूनतारा छ काफी ।

✍️बाबुराम खनाल
सनपा ११ अर्घाखाँची

प्रकाशन मिति : २०८२ साउन २८


Last Updated on: August 13th, 2025 at 9:23 am
५० पटक हेरिएको

तपाईको प्रतिक्रिया