सोमबार २८ पौष २०८२

श्याम घिमिरे,
साउन २८ अर्घाखाँची –

अर्घाखाँचीमा भैसीलाई निर्ममता पूर्वक यातना दिई ओसारपसार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका वडानं.२ घोचाखोलाबाट मंगलवार प्रहरीले भैँसी बोकेको लु.१ च.३८२६ नम्वरको सिंगल क्यावको बोलेरो जीप सहित चालक र सहचालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक एवं सुचना अधिकारी झलकप्रसाद शर्माले बताउनुभयो । पक्राउ पर्नेमा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडानं.६ का सरोज पौडेल र रोल्पाको लुङ्ग्री गाउँपालिका–२ घर भएका क्रिस बाँनिया रहेको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।

धारापानीबाट सदरमुकाम सन्धिखर्क हुदै बुटवलतर्फ लैजान लागेको अबस्थामा जीपमा ४ वटा भैँसीलाई निर्ममता पूर्वक यातना दिई सानो ठाँउमा अटाइ नअटाइ निर्दयी तथा क्रूर व्यवहार गरि राखेको भेटिएकोले उनिहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताउनुभयो । पक्राउ परेका दुबैलाइ नियन्त्रणमा लिई मुलुकी अपराध संहिता–२०७४ बमोजिम पशुपंक्षी सम्बन्धी कसूर मुद्दामा म्याद लिई थप अनुसन्धानका लागी हिरासतमा राखिएको प्रहरी प्रमुख मल्ले बताउनुभयो ।

 


Last Updated on: August 13th, 2025 at 12:45 pm
१३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया