
के पी भुसाल ’अजस’
दाजुभाइ दिदीबैनी मन्को कुरा गर्छु,
सर्पदंस बारे मैले केही कुरा भन्छु ।
वर्षायाम गर्मी बढ्छ जमिन् भित्र तात्छ,
सर्प पनि जताततै देखिने नै गर्छ ।।
संसारमा धेरैजाति सर्प मिल्ने गर्छन्,
यिनै मध्ये थोरैजाति विषालुमा पर्छन् ।
केही जाति सर्प हेर नेपालमा हुन्छन्,
यिनै मध्ये थोरै जाति विषालु नै हुन्छन् ।।
सर्पदंस बाट बच्न जोगिनु नै पर्छ,
काम गर्दा यदाकदा डसी पनि हाल्छ,
सर्पदंस भयोभने कुरा बुझ्नु पर्छ,
लापर्बाही भयोभने ज्यानै जोखिम हुन्छ ।।
सर्पदंस विरामीको ख्याल गर्नु पर्छ,
धैर्य लिए छिटो गरे संकट पनि टर्छ ।
झारफुक गर्ने हैन बाँध्ने कस्ने हैन,
घाउ छुने जान्ने भई खाँन दिने हैन ।।
जति सको डाक्टर भेट्न छिटो गर्नु पर्छ,
सर्पदंस उपचार केन्द्र पुग्नै पर्छ,
जो जो हुन्छ नजिकमा चाँसो लिनु पर्छ,
मानव धर्म यैहो भनी सेवा दिनु पर्छ ।।
फेरि भन्छु विन्ती गर्छु खाँन केही हुन्न,
डाक्टर भेट्न सेकेन पनि ढिलो गर्न हुन्न ।
माछा मासु गोरस खाए झनै संकट बढ्छ ।
सुरक्षित ठाउँमा पुग्दा पूर्ण निको हुन्छ ।।
सबै कुरा डाक्टरको गर्नु पर्छ भर,
लक्षणको आधारमा हुन्छ उपचार,
डस्ने सर्प कस्तो थियो ,ख्याल गर्नु पर्छ,
झ्याप्प खोली मोबाइल फोटो लिनु पर्छ ।।
गोमन करेत भाइपर जाति यस्तै यस्तै अनि,
विषालुमा पर्छन् धेरै अरू नाग पनि ।
सफासुग्घर गर्नु पर्छ जोखिम कमी हुन्छ,
न्याउरीमुसा देखि पनि सर्प टाढा बस्छ ।।
शत्रु मात्र हैन सर्प फाइदा पनि गर्छ,
प्रयावरण जोगाउन यस्ले मदत गर्छ ।
दोष मात्र हैन यस्का गुण पनि बुझौं,
फगतमा हान्ने हैन संरक्षण गरौं ।।
प्रकाशन मिति :२०८२ साउन १६