आइतबार २२ मंसिर २०८२

                                                                           भेषराज पौडेल 

मन,इमान र शरीर बेचिन्छन्
सुन,हिरा,पैसा र अरु अरुमा
कोहीँ किनिदिन्छन् कोहीँ बेचिदिन्छन्
अनि भन्छन् यो मेरो स्वतन्त्रता हो ।।

शिक्षा सजिलै बेचिन्छ अनि किनिन्छ
जागिर पनि किन्छन् अनि बेचिन्छन्
दिनमा थोत्रो प्रभुत्व जमाउँछन्
रातमा राक्षसी प्रवृत्तिमा रमाउँछन् ।
भन्छन् यो मेरो स्वतन्त्रता हो ।।

अनायास हेप्छन् अपमान गर्छन्
सम्मान खोज्छन् ।
आफ्नो तामसिक रस पदार्थमा रम्दछन्
अरुलाई भनिदिन्छन्
आफू ढाकिन खोज्छन् अरुलाई बिक्री गर्छन्
अनि भन्छन् यो मेरो स्वतन्त्रता हो ।।

राजनीति उहीँ गर्छ पूजी उहीँ लगाउँछ
शिक्षक उहीँ हो कर्मचारी पनि उहीँ हो ठेकादार उहीँ हो व्यापारी सेलिब्रेटी उहीँ हो
अनि भन्छन् यो मेरो स्वतन्त्रता हो ।।

त्यसैले सत्य बुझौँ
न यहाँ सुख छ
न दुःख छ
न यहाँ कोही आफ्नो छ
न पराही छ
न यहाँ स्वतन्त्रता छ
न यहाँ बन्धन छ
छ त केवल कर्म कर्तव्य प्रेम अन्त मृत्यु ।।

प्रकाशन मिति – २०८२ साउन २ गते

लेखक – श्री पाणिनी वेद विद्याश्रका प्रधानाध्यापक  हुनुहुन्छ

 


Last Updated on: July 18th, 2025 at 9:15 pm
१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया