आइतबार २२ मंसिर २०८२

श्याम घिमिरे
अर्घाखाँची, असार १९,

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई घातक रोग बीमा अन्तर्गत बीमांकित रकम स्वरूप रु. १० लाख हस्तान्तरण गरेको छ । बैंकले बीमित ग्राहकलाई गम्भीर स्वास्थ्य समस्याको समयमा आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यका साथ उक्त रकम प्रदान गरेको हो ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले ल्याएको आकर्षक फाइदाहरू सहितको सर्वश्रेष्ठ तलब बचत खाता योजना अन्तर्गत घातक रोग बीमा बापत, मालारानी गाउँपालीका वडानं. ५ बाँगी घर भई अर्घाखाँची शाखामा सर्वश्रेष्ठ तलव बचत खाता अन्तर्गत बण्डल सहज बचत खाता खोल्नु भएकी सरिता खनालको परिवारलाई १० लाख रुपैया उपलब्ध गराएको बैंकका अर्घाखाँची शाखा प्रमुख कृष्णप्रसाद भुसालले बताउनुभयो ।

खनालको खातामा उपलब्ध घातक रोग बीमा वापतको रकम बिहिवार एक कार्यक्रमका बिच उहाँका श्रीमान हरी नारायण खनाललाई बैंकका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख तिलक सुन्दर कार्कीले हस्तान्तरण गर्नुभएको शाखा प्रमुख भुसालले जानकारी दिनुभयो ।

बैंकले आफ्ना विभिन्न बैंकिङ सेवा सुविधा अन्तर्गत घातक रोग बीमा जस्ता सुरक्षात्मक योजनाहरू मार्फत ग्राहकहरूको जीवनमा पर्ने अनपेक्षित जोखिमलाई न्यूनिकरण गर्ने प्रयास गर्दै आएको भुसालको भनाइ रहेको छ ।

बैंकका अनुसार, घातक रोगको पहिचान भएपछि आवश्यक कागजात प्राप्त भएपछि न्यूनतम समयमै बीमा दाबी स्वीकृत गरी रकम हस्तान्तरण गरिएको हो । बैंकले देशभर ३५० भन्दा बढी शाखा तथा सेवा केन्द्रहरू मार्फत वित्तीय पहुँच विस्तार गर्दै आइरहेको छ ।

यसैबिच अर्घाखाँची जिल्लामा मात्रै १६ हजार भन्दा धेरै ग्राहक रहेको बैंकले जिल्लामा घातक रोग बापत २ जनालाइ २५ लाख र अन्य ग्राहकरुलाई ३४ लाख ५२ हजार रुपैया उपचार खर्च बापत हस्तारण गरेको शाखा प्रमुख भुसालको बताउनुभएको छ ।


Last Updated on: July 3rd, 2025 at 7:54 pm
१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया