आइतबार २२ मंसिर २०८२

डिल्ली राज घिमिरे
भूमिकास्थान ९ अर्घाखाँची

बहरः मीर (२० मात्रा)
वजनः २२ २२ २२ २२ २२

धोका खाँदा जब मन अमिलो हुन्छ
फूल पराग चिमट्ने धमिरो हुन्छ

आगोले हो बर्बाद यहाँ पार्ने
कद पनि त सलाईको सानो हुन्छ

छेपारोले झैँ रङ फेर्दै घाती
साह्रै घोर विरोध गरेको हुन्छ

डाक्टरले भन्छन् क्यान्सर नै लागोस्
उपचार गरेपछि नै सन्चो हुन्छ

पाएको छु सधैँ पीडा जीवनभर
लोकहित छ बलिदान गुनासो हुन्छ ।

प्रकाशन मिति : २०८२ जेठ ११


Last Updated on: May 25th, 2025 at 12:27 pm
७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया