सोमबार २३ मंसिर २०८२

श्याम घिमिरे, बैशाख ६ अर्घाखाँची –
नेकपा एमाले निकट जनसंगठन समन्वय संयन्त्रको तेस्रो पुर्ण बैठक सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । जनसंगठन संयन्त्र समितिका सचिव मित्रमणि मिश्रको अध्यक्षता र युवा संघ जिल्ला अध्यक्ष ऋषिराम पन्थीको संचालनमा सम्पन्न बैठकमा एमाले जिल्ला कमिटि अध्यक्ष पिताम्वर भुसाल, सचिव तोजबहादुर रायमाझी बिधान, जिल्ला कमिटि सदस्य रामबहादुर रायमाझी , दिपा आचार्य, प्रेस चौतारी नेपालका नेता हिमबहादुर लेकाली,शोभाखर पन्थी , नेपाल उद्योग तथा व्यवसायी महासंघ जिल्ला अध्यक्ष पार्वता श्रेष्ठ , प्रेस चौतारी नेपाल केन्द्रिय निर्वाचन आयोग अध्यक्ष गणेश खनाल , केन्द्रिय अनुशासन आयोग सदस्य श्याम घिमिरेलगायतको आतिथ्यता रहेको थियो ।

बैठकमा प्रमुख अतिथिको रुपमा बोल्दै पार्टी अध्यक्ष भुसालले यहि बैशाख ११ गते काठमाण्डौमा पार्टीले आयोजना गरेको जनताले जितेको दिनको स्मणमा हुन गइरहेको युवा सेलिब्रेसन (A Youth Celebration) कार्यक्रमलाइ युवा उत्सवको रुपमा मनाउन लागिएको बताउनु भयो । भुसालले कार्यक्रमलाइ भव्य र सव्य बनाउन पार्टीमा आवद्ध सबै युवाहरुलाइ पुर्ण उत्साहको साथ सहभागी हुन निर्देशन समेत दिनुभयो । सेलिब्रेसन कार्यक्रममा जिल्लाबाट दुइसय पचास भन्दा धेरै युवाहरु काठमाण्डौ जाने पार्टीले जनाएको छ । कार्यक्रममा प्रेस चौतारी नेपाल अर्घाखाँचीले प्रकाशन गरेको २०८२ को भित्तेपात्रोको बिमोचन पनि गरीएको थियो ।

यसैबिच प्रेस चौतारी नेपाल अर्घाखाँचीको प्रथम पुर्ण बैठक सम्पन्न भएको छ । चौतारी जिल्ला अध्यक्ष नविन केसीको अध्यक्षता र सचिब नविन रसाइलीको संचालनमा सुरु भएको बैठकले बिभिन्न सांगठनिक निर्णय सहितका महत्वपुर्ण निर्णयहरु गरेको जनाइएको छ ।


Last Updated on: April 19th, 2025 at 8:23 pm
१८० पटक हेरिएको

तपाईको प्रतिक्रिया