सोमबार २८ पौष २०८२

पुस १२- सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बुधवार सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तोलामै १ हजार ३ सय रुपैयाँ बढेको हो । यस्तै, चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ ।


Last Updated on: December 28th, 2023 at 6:20 am
१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया