सोमबार २८ पौष २०८२

कात्तिक १६, संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा गरिएको आक्रमणको निन्दा गरेको छ। हमासका लडाकु समूहका कमाण्डरलाई लक्षित गरी इजरायलले गाजाको शरणार्थी शिविरमा गरेको आक्रमणमा ११ जनाभन्दा धेरै सैनिकको ज्यान गएको छ । त्यस्तै सर्वसाधारणले ज्यान गुमाएका छन्। घटनाको संयुक्त राष्ट्रसङ्घले भर्त्सना गरेको हो । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्यमार्फत् गाजामा युद्ध अझ डरलाग्दो चरणमा प्रवेश गरेको टिप्पणी गर्नुभएको छ।

यसैबीच, जोर्डनले पनि आक्रमणको विरोधमा आफ्नो राजदूतलाई तत्काल फिर्ता बोलाउने जनाएको छ । जोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलका लागि जोर्डनका राजदूतलाई तत्काल फिर्ता बोलाउने निर्णय गरेको विदेश मन्त्रालयलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गाजामा निर्दोष मानिसले ज्यान गुमाएका र इजरायली युद्धको निन्दा गर्न यो कदम चालिएको जोर्डनको विदेश मन्त्रालयले जनाएको छ । source:ujyaaloonline

Last Updated on: November 2nd, 2023 at 2:54 pm
१७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया