सोमबार २८ पौष २०८२

अर्घाखाँची चैत १७-
नेकपा एमालेका पोलिटब्युरो सदस्य सुर्य थापाले कर्मचारीलाई खुल्ला तलवले नपुगेपछि गोप्य तलव खाने गरेको बताउनुभएको छ । सुक्रवार नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीले प्रकाशन गरेको वि.सं.२०८० सालको भित्तेपात्रो बिमोचन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान एवं सम्मान कार्यक्रममा बोल्दै थापाले यस्तो बताउनुभएको हो ।

नेपालका कर्मचारीको तलव स्केल अन्तराष्ट्रिय कर्मचारीहरुको सरह कायम गर्नुपर्ने बताउदै थापाले दैनिकी चल्ने गरी तलव स्केल कायम गर्न सके भष्ट्रचारमा पनि कमि आउने बताउनुभयो । प्युठान जिल्लाबाट निर्वाचित संघिय सांसद समेत रहनुभएका थापाले लामो समय देखि रोकिएको कर्मचारी ऐन सरकारले संसदमा टेवल गरे आफुहरूले साथ दिने बताउनुभयो । थापाले कर्मचारीहरुलाई सदाचारी भएर काम गर्न आग्रह गदै जनताको गुनासोलाइ सम्बोधन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

संगठनका जिल्ला अध्यक्ष गणेश भण्डारीको अध्यक्षता, उपाध्यक्ष तुलसा श्रेष्ठको स्वागत मन्तव्य र सचिव पशुपति खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, एमाले जिल्ला अध्यक्ष पिताम्वर भुसाल, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोईराला,मालारानी गाउँपालिका अध्यक्ष दल बहादुर भट्टराई,प्रमुख जिल्ला अधिकारी मिना अर्याल,संगठनका केन्द्रीय सदस्य दिलिप केसि,आधीकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष कृष्ण बर्मा,कर्मचारी युनियनका सचिव अर्जुन रेग्मी,पत्रकार महासंघका कोषाध्यक्ष रूद्रमणि भुसाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा सेवा निवृत हुनुभएका कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।

source:Ganesh Khanal


Last Updated on: April 1st, 2023 at 10:35 am
२५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया