Flash

जनकपुरधाम ५ मंसिर  – भैँसीले एउटा टाउको र चार वटा खुट्टा भएको पाडापाडी जन्माएको सबैलाई थाहै होला । तर धनुषामा भैँसीले दुई वटा टाउको र आठ वटा खुट्टा भएको पाडी जन्माएको छ ।

धनुषाको नगराईन नगरपालिका-१ फुलगामा खड्का टोलका सिंहेश्वर यादवको भैँसीले मंगलबार बिहान ८ बजे यस्तो पाडी जन्माएको हो ।

पाडीको दुई वटा टाउको र आठ वटा खुट्टा भए पनि जिउ एउटै छ । भैँसीले २ वटा जोडिएको टाउको र आठ वटा खुट्टा भएको पाडी जन्माएपछि हेर्नेको घुँईचो लागेको स्थानीय आशाराम यादवले जानकारी दिनुभयो । पाडी जन्मेको आधा घण्टापछि मरेको छ । मरे पनि अन्य छिमेकी गाउँबाट हेर्न मान्छेहरु आइरहेको उहाँले बताउनुभयो ।

Published date : 2017-11-21

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon