Flash

विश्वराज तामाङ
मान्छे विपरित दिशामा हिड्नलाई कति सम्म असहज होला, तपाई सजिलै अनुमान लगाउन सक्नु हुन्छ तर उदयपुर त्रियुगा नगरपालिका १० बोक्से का २१ बर्षिय रबि कार्की उल्टो दौडेर विश्व रेकर्ड राख्ने तयारीमा जुटेका छन् ।

????????????????????????????????????

चार बर्ष अघि देखि उल्टो दौडन सुरु गरेका कार्की आफ्नो उल्टो दौडने प्रतिभाबाट देशलाई चिनाउने सोचमा छन् ।
सेनामा भर्ति हुनका लागि दौड अभ्यास गर्दा खुट्टामा समस्या आए पछि खुट्टाको समस्या सुल्झाउन उनी उल्टो हिड्ने अभ्यास गरेका थिए ।

पछि उल्टो हिड्डा हिड्दै कुद्न थाले, कति पटक लडे, हात खुट्टा र डाढमा चोट पनि लग्यो पछि यहि बानी बस्यो कार्कीले भने । पछि विस्तारै विस्तारै दौडने अभ्यास गर्न थाले, चार बर्ष अघि देखि उनी उल्टो दौडने अभ्यास गर्दा कतिपयले उनलाई बौलाएछ पनि भने तर पनि उनले हार खाएनन्, उल्टो दौडेर विश्वर रेकर्ड राख्छु भन्ने सोचमा उनी पुगे र उनी त्यहि तयारीमा यतिवेला जुटेका छन् ।

एसियामानै उल्टो दिशामा दौडने आफु पहिलो भएको उनको दाबी छ, नेपालका लागि त यो नौलो बिषयनै भैहाल्यो यरोपमा हरेक दुई दुई बर्षमा हुने उल्टो दिशाको दौड प्रतियोगीतामा सन् २०१८ मा सहभागीता जनाउने उनले लक्ष्य राखेका छन् ।

उनी जति राम्रो संग सुल्टो दौडन छन् त्यतिनै उल्टो दौडन पनि सक्छन्, कार्की भन्छन् ८ सय मिटरको उल्टो दौडमा राम्रो संग दुरी पुरा गर्न सक्छु । कार्कीले चार बर्ष अघि देखिको अभ्यासहरु केहि समय यता प्रतियोगीताहरुमा सहभागीता जनाउदै आएका छन् ।

२०१७ अगष्ट ५ मा मोरङमा आयोजित ५ किलोमिटर दुरी उनले उल्टो दौडेर २६ मिनेटमा पुरा गरेका थिए । दुई सय ४९ जना सहभागी उक्त प्रतियोगीतामा उनी २१ औ स्थान हासिल गर्न सफल भएका थिए । यता राजधानीमा भाद्र ३१ गते आयोजित काठमाण्डौ म्याराथुनमा २१ किलोमिटर २ घण्टा ८ मिनेटमा पुरा गरेका थिए । ४० जना सहभागी उक्त प्रतियोगीतामा उनी १५ जना भित्र पर्न सफल भएका थिए । उनी राजधानीमा आयोजित उक्त प्रतियोगीतामा काठमाण्डौको व्यस्त रिङ रोडमा समेत सफलतापूर्वक दौडेका थिए ।

 

गत असोज ७ मा धरानमा आयोजित श्यामचोक मिनि म्याराथुनमा ९ किलोमिटर दुरी उनले ५२ मिनेटमा पुरा गरेका थिए । एक सय जना सहभागी उक्त प्रतियोगीतामा उनी ३० जना भित्र पर्न सफल भएका थिए । अक्सर मानिसलाई उल्टो हिड्न समेत हम्य हम्य पर्छ तर कार्की सहजै उल्टो दिशामा दौडने गर्छन ।

धेरैले त कार्कीलाई उल्टो दौडदा पागलको संज्ञा समेत दिए तर उनी उल्टो दौडबाट पनि केहि गर्न सकिन्छ भनेर लागि परेका छन् । हाल सम्म २१ किलोमिटर दुरी एक घण्टा ३५ मिनेटमा पुरा गरेको विश्व रेकर्ड छ, उक्त रेकर्ड उनी तोडन् तयारीमा छन् । आगामी सन् २०१८ मा आयरल्याण्डमा हुन लागेको अन्तराष्टिय स्तरको दौड प्रतियोगीतामा सहभागीना जनाउने उनको तयारी छ ।

उल्टो दिशाबाट दौडेर विश्व सामु नेपाललाई चिनाउने उनको लक्ष्य छ, नेपाली सेनामा भर्ति भएका उनी ७ महिनाको तालिम अवधिबाटै विदा भए । आफु उल्टो दौडेर विश्व रेकर्ड राख्नका लागि उनले जागिर भन्दा पनि आफ्नो प्रतिभालाई प्रमुख ठानेका छन् ।

विश्वमा आर्थिकस्तर कम भएका मुलुकहरु खेलकुद र प्रतिभाको नामबाट परिचित छ, नेपाल पनि त्यस्तै आर्थिक स्तर कम भएको मुलुक हो तर खेलकुदको माध्यमबाट देशलाई विश्वसामु चिनाउन सकिन्छ भन्ने उद्देश्य राखेका छौ रबीका भाई रोहित कार्की भन्छन् ।

२०६७ सालमा त्रियुगा नगरपालिका १० बोक्से स्थित त्रियुगा लिटिल फ्लावर बोर्डिङबाट एस.एल.सी उतिर्ण भएका कार्कीले विराटनगर स्थित म्यारीलेण्ड कलेजबाट प्लस टु सम्मको अध्यान गरेका छन् । उनी अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको म्याराथुन प्रतियोगीताहरुमा पनि सहभागीता जनाउने सोचमा छन् ।

सरकारले अन्तराष्ट्रिय स्तरको प्रतियोगीताहरुमा सहभागीताको लागि सहयोग गरे देशको नाम राख्ने गरी दौडने सोच राखेको कार्की बताउछन् । उनले हाल सम्म सहभागीता जनाएको तीन प्रतियोगीताहरुबाट पुरस्कृत समेत भैसकेका छन् ।

 

Published date : 2017-09-26

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon