Flash

 

उदयपुर असोज १८
त्रियुगा नगरपालिका १० का मृगौला पिडित कृष्णकुमार मग्राती –सार्कीको) उपचारको लागि त्रियुगा मिडिया ग्रुपले संचालन गरेको अभियानमा सहयोग जुट्ने क्रम जारी रहेको छ । आर्थिक अबस्था कम्जोर रहेका सार्कीको उपचारको लागि त्रियुगा मिडिया ग्रुपले भाद्र पहिलो साताबाट अभियान सुरु गरेको थियो ।
उनको अभियानमा हाल सम्म ४२ हजार ८ सय रुपैया संकलन भएको अभियानका संयोजक तथा त्रियुगा मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङले जानकारी दिए ।
उनको उपचार सहयोगको लागि वैदेशिक रोजगारीको शिलसिलामा उदयपुरबाट इजरायलमा रहेका गीता खतिवडाले आठ हजार, सिन्धुली घर भई हाल इजरायल रहेका पार्वती श्रेष्ठबाट दुई हजार, त्रियुगा नगरपालिका ३ मोतिगडा घर भई हाल कतारमा वैदेशिक रोजगारीमा रहेका मनिष बास्तोलाको संयोजनमा दारी ग्याङबाट ५ हजार ८ सय रुपैया संकलन गरि मिडिया ग्रुपलाई प्राप्त भएको मिडिया ग्रुपका अध्यक्ष विश्वराज तामाङले जानकारी दिए ।
यस अघि मग्रातीको उपचारको लागि न्यौपाने पुस्तकपसलका प्रोपाईटर तथा एलाइड पब्लीकेशनका प्रोपाईटर सन्तोष न्यौपानेबाट दश हजार, उदयपुर सेवा समाज युएयी बाट दश हजार, त्रियुगा मिडिया ग्रुपबाट पाँच हजार र त्रियुगा मिडिया ग्रुपका संचालक समिति सदस्य समेत रहेका खेमराज दाहालबाट दुई हजार गरी ४२ हजार आठ सय संकलन भएको हो ।

Published date : 2018-10-04

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon