Flash

उदयपुर असोज १८
उदयपुर जेसिजको सप्ताहव्यापी कार्यक्रम बिहिबारदेखि सुरु भएको छ । सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन जेसिज उदयपुरको कार्यालय उद्घाटन गरिएको छ । गाईघाट स्थित विद्युत मार्गमा आफ्नो कार्यालय उद्घाटन गर्दै जेसिज सप्ताहको सुरुवात गरेको हो ।
जेसिज सप्ताह अन्तर्गत कार्यालय उद्घाटन कार्यक्रममा जेसिज उदयपुरका पूर्वअध्यक्षहरु एकराज बस्नेत, रुपम अनुराग गुप्ता लगायत जेसिज उदयपुरमा आबद्ध सदस्यहरुको उपस्तिथी रहेको थियो । जेसिज सप्ताहकै अबसरमा पहिलो दिन ट्राफिक जनचेतनामुलक कार्यक्रम रहेको जेसिज उदयपुरका अध्यक्ष ध्रुब पोख्रेलले बताए । जेसिज सप्ताहलाई सफल बनाउनका लागि सामाजिक जनचेतना जगाउनका लागि ट्राफिक जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पोख्रेलले बताए ।
जेसिज सप्ताहको तेस्रो कार्यक्रम अन्तर्गत शुक्रबार बिहान ९ बजे देखि रामजानकी पार्टी प्यालेस उदयपुरमा बरिष्ठ चिकित्सक डा. राजेश नेपाल र प्रकाश काफ्लेद्धारा मुटु रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविरको आयोजना तथा औषधि वितरण कार्यक्रम राखिएको जनाईएको छ ।
यता शनिवार स्लो स्कुटर रेस प्रतियोगीता, शनिवारनै त्रियुगा उमावि गाईघाटको खेलमैदानमा उदयपुर जेसिज र पत्रकारहरु विच मैत्रीपूर्ण फुटवल प्रतियोगीता, सोमबार जनज्योती मावि चुहाडेमा पाठ्य सामाग्री वितरण कार्यक्रम र असोज २६ गते शुक्रबार राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विशेष सास्कृतिक प्रस्तुती सहित दशै तिहारको शुभकामना आदनप्रदान गर्दै जेसिज सप्ताहको समापन कार्यक्रम राखिएको अध्यक्ष पोख्रेलले बताए ।

Published date : 2018-10-04

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon