Flash

गाईघाट भाद्र १८ । सेवासुबिधा विस्तार गर्ने रणनैतिक योजना अनुसार जिल्ला अस्पताल उदयपुरले सोमबारदेखि माईक्रोवायोलोजी कल्चर ल्याव सेवा उपलब्ध गराउन सुरु गरेको छ ।
लामो समयको प्रतिक्षा पछि अस्पतालले आफ्नो सेवासुबिधामा बढोत्तरी गर्नेक्रममा यो सुबिधा सञ्चालनमा ल्याएको हो । यो सुबिधा प्रदेशनं १ का सरकारी अस्पताल मध्ये पहिलो कोसी अस्पलात बिराटगर र उदयपुरको दोस्रो हो । नयाँ सुबिधाको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले रिवन काटेर गरे । यो प्रविधिबाट पिप, पिसाव, खकार, रगत, फंङ्गस, ग्राम सटेन, कओएच, माइक्रोस्कोपी लगायतको विरामीको परीक्षण गरिने अस्पतालका मेडिकल सुपरिटेण्डेड पवनकुमार साहले बताए ।
परीक्षणका लागि अस्पतालले मेडिकल टेक्नोलोजिस प्रवणकुमार यादव लगायतको ४ जनाको प्राविधिक टिम परिचालन गरेको साहले बताए । उनले भने, ‘टेक्नोलोजिस विभागले पठाएको छ, बाँकी यहीँको जनशक्तिबाट सुविधा उपलब्ध गराउँछौ ।’
त्रियुगा नगरपालिकाको १० लाख र विभागको विभिन्न उपकरण सहयोगवापत १५ लाख गरी २५ लाख रुपिँयाको लागतमा प्रविधि भित्र्याइएको टेक्नोलोजिस यादवले बताए । प्रविधिको उद्घाटन गर्दै मेयर चौधरीले अस्पतालको सेवासुबिधा बिस्तार गरी प्रभावकारी बनाईने बताए । उनले स्थानीय तहको मातहतमा रहने गरी अस्पताललाई राखेपनि कहिलेकाहीँ संघ, प्रदेशले हेर्ने जस्ता विवादस्पद अभिव्यक्तिहरु आउने गरेकाले सेवा विस्तार गर्न नसकिएको बताए । उनले भने, ‘स्वास्थ्य क्षेत्रलाई नगरपालिकाको आवधिक योजनाको इन्डिकेटरकोरुपमा राखिएको छ, त्यसकारण स्वास्थ्य क्षेत्रको सेवासुबिधालाई टोलटोलमा पुर्याउँछौ ।’ चौधरीले अस्पताललाई सेवामुखी र सुबिधा सम्पन्न बनाउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए । उनले २० बर्षपछि जनताले आफ्ना जनप्रतिनिधि पाएकाकारण जनताको चाहाना स्वास्थ्यभन्दा पनि पुर्वाधारतर्फ ध्यान गएकाले स्वास्थ्य क्षेत्र केहि ओझेलमा परेको बताए । कार्यक्रममा त्रियुगा नगरपालिका उपप्रमुख देवीकुमारी चौधरी, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, त्रियुगा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष रमेश विक, अस्पताल विकास समितिका पुर्वअध्यक्ष शिव रेग्मी लगायतले बोलेका थिए ।

Published date : 2018-09-04

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon