Flash

काठमाडाै‌ ।  २२ वर्षपछि नेपाली क्रिकेट टिमले सपनाको यात्रा तय गरेको छ । चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता अनि डेब्यु एक दिवसीय सिरिजमा नेदरल्यान्ड्ससँग १–१ को बराबरीको नतिजा निकालेकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार नेपालमा भव्य स्वागत गरिएको छ ।

नेपालले एक दिवसीय क्रिकेटमा पहिलाेपटक जितको इतिहास रचेर टाेली स्वदेश फर्केकाे हाे । यस सफलतालगत्तै अब टाेलीले भारत र पाकिस्तानसँग खेल्ने सपना बुनेकाे छ ।

‘एक दिवसीय खेल खेल्ने मेरो मात्र होइन, सबैको सपना थियो । मेरै प्रशिक्षणमा एक दिवसीय खेल्ने सोचेको पनि थिइनँ,’ नेपाली क्रिकेट टिमका प्रशिक्षक जगत टमटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि भने, ‘अब अन्य सपना पूरा गर्नु छ ।’

यस क्रममा नेपालले नेदरल्यान्ड्ससँगको डेब्यु एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज र मेरिलवोन क्रिकेट क्लब (एमसीसी) नेदरल्यान्ड्ससँगै त्रिकोणात्मक टी–२० सिरिज खेलेको थियो । दुवै खेल बराबरीमा सकिएको थियो । नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र क्रिकेट समर्थकले स्वागत गरेका थिए ।

‘भर्खरै सिरिज खेलेर फर्किएका छौं । दुई चार दिनपछि हामी नजिकिँदै गरेको एसिया कप छनोटका लागि तयारी थाल्नेछौं । छनोटमा च्याम्पियन हुदै भारत र पाकिस्तानसँग एक दिवसीय क्रिकेट खेल्ने सपना छ,’ टमटाले भने, ‘लर्डस र नेदरल्यान्ड्समा केही सिकेर आएका छौं । अनुभवी र युवा खेलाडीको मिश्रणले टिम सन्तुलित बनेको छ । एसिया कप छनोटमा राम्रो प्रदर्शन हुने अपेक्षा छ ।’

राम्रो क्रिकेट खेलेर उत्कृष्ट ६ भित्र रहने प्रयास हुने टमटाको विश्वास छ । भारत र पाकिस्तानसँग खेल्ने अाफ्नाे मात्रै नभर्इ खेलाडीको पनि सपना रहेकाे छ । आजको राजधानी दैनिकमा खबर छ ।

Published date : 2018-08-07

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon