Flash

एजेन्सी । इण्डोनेसियाको लोम्बोक टापुमा गएको ७ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ८२ पुगेको छ ।

उत्तर तटीय टापुलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले हजारौं घर भत्किएका छन् भने गगनचुम्बी भवनहरु भासिएका छन् । मृत्यु भएका सबैलाई बाहिर निकालिएको जनाइएको छ ।

भूकम्पले घर भत्काएकाले अझै धेरै मानिसहरु पुरिएको हुनसक्ने आशंका गरिएको छ भूकम्पको केन्द्रबिन्दु १० किलोमिटर जमिन मुनी रहेको बताइएको छ ।

भूकम्पलगत्तै सुनामीको चेतावनी समेत जारी गरिएको छ । गत सातामात्रै इन्डोनेशियामा गएको भूकम्पका कारण १६ जनाको मृत्यु भएको थियो ।

Published date : 2018-08-06

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon