Flash
एजेन्सी । जापानमा आएको शक्तिशाली समुद्री आँधीले मुसलधारे वर्षा र प्रतिघण्टा १८० किलोमिटर वेग भएको हावाहुरी निम्त्याएको छ।
टाइफून जोङ्डारी नामक आँधी स्थानीय समय अनुसार गए राति १ बजे देशको प्रमुख टापु होन्शूमा प्रवेश गरेको थियो। मौसम पूर्वानुमानसम्बन्धी अधिकारीहरूले ठूलो वर्षाले पहिरो निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
बाढीले दुई सयभन्दा बढी र तातो हावाले दर्जनौँ मानिसको ज्यान लिएको एक महिना पनि बित्न नपाउँदै जापानमा पछिल्लो समुद्री आँधी आएको हो।
सरकारी टेलिभिजन एनएचकेका अनुसार आँधीका कारण डेढ लाख घरमा बिजुली आपूर्ति बन्द भएको छ भने १६ जना हराइरहेका छन्।
यसअघि पश्चिमी शहर शोबाराबाट ३६,४०० र कुरे शहरबाट ६,३०० जनालाई अन्यन्त्र सार्न भनिएको थियो।
यसअघि जुलाइको शुरूतिर मुसलधारे वर्षापछि नदीहरूमा पानी बढेर तटीय क्षेत्रमा पुगेपछि ८० लाख मानिसहरूलाई घर छाडेर सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको थियो।
Published date : 2018-07-29