Flash

एजेन्सी– पृथ्वी पछि जीवनको सम्भावना रहेको भनिएको मंगलग्रहमा पछिल्ला दिन भीषण आँधी चलेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ ।

मंगलग्रहमा भीषण आँधी चलेपछि नासाले प्रक्षेपण गरेको यानको अस्तित्वनै संकटमा परेको जनाइएको छ । नासाले प्रक्षेपण गरेको दुईवटा मानवरहित यान अहिले मंगलग्रहमा जीवनको अस्तित्वको बारेमा खोज(अनुसन्धान) गरिरहेका छन् ।

नासाको पछिल्लो रिपोर्टअनुसार यसबेला मंगलग्रहको करिब ३.५ करोड वर्गकिलोमिटर क्षेत्रमा भीषण धुलोसहितको आँधी मडारिरहेको छ । आँधीका कारण मानवरहित यानको सिस्टम नै अफ भएको छ । सो आँधीका कारण मंगलग्रहमा सुर्यको प्रकाश समेत अवरुद्ध भएको नासाको रिपार्टमा उल्लेख छ ।

नासाका मंगलग्रह खोज अनुसन्धान विभागका प्रोजेक्ट म्यानेजर जोन कलासका अनुसार उक्त ग्रहमा अहिले अपरच्युनिटी र स्पिरिट नामका दुई मानवरहित यान खोजमा व्यस्त रहेका छन् ।  मे ३० देखि सुरु भएको उक्त आँधी अहिले थप तीव्र गतिमा चलेको नासाको दाबी छ । दुई यानमध्ये एउटाले पछिल्लोपटक जुन १० मा सम्पर्क गरेको र त्यसयता सम्पर्कविहिन भएको नासाले जनाएको छ ।

नासाले दुवै यान सन् २००३ मा मंगल ग्रहमा प्रक्षेपण गरेको थियो । एक वर्षअघि मात्र ती यान मंगल धर्तीमा अवतरण गरेका थिए । सम्भवत केही दिनमै सो आँधी मत्थर हुने र यानसँगको सम्पर्क निरन्तर हुने नासाले जनाएको छ ।

Published date : 2018-06-14

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon