Flash

वि.सं. २०७५ साल जेठ २९ गते। मंगलबार। इश्वी सन् २०१८ जुन १२ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३८ अनलागा। अधिक ज्येष्ठ कृष्णपक्ष। तिथि– त्रयोदशी, ५:४८ बजेदेखि चतुर्दशी, २८:०३ बजेउप्रान्त औंसी। नक्षत्र– कृत्ताका, १८:३५ बजेउप्रान्त रोहिणी। योग– सुकर्मा, १२:२५ बजेउप्रान्त धृति। करण– वणिज, ५:४८ बजेदेखि भद्र, १६:५८ बजेपछि शकुनि, २८:०३ बजेउप्रान्त चतुष्पद। आनन्दादिमा गत योग। चन्द्रराशि– वृष। काठमाडौँमा सूर्योदय– ५:०९ बजे, सूर्यास्त– १८:५८ बजे र दिनमान ३४ घडी ३२ पला।

मेष(चू,चे,चो,ला,लिई,लू,ले,लो,अ) : धन सम्पत्ति तथा भौतिक सम्पत्ति अरूलाई प्रयोग गर्न नदिनुहोला समय मध्ययम रहेको छ । आफन्त,घर परिवार तथा कुटुम्ब सँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । तपाईँको बोलीको गलत प्रयोग गरी अरूले आलोचना गर्न सक्छन् ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई अविश्वास गर्नाले मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यावसायमा आम्दानी बढाउन प्रशस्त समय मेहनेत गर्नु पर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) : रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। शत्रुहरू किनारा लाग्नेछन्। सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। राम्रा तथा बिलाशिताका बन्तुहरुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले अरू भन्दा राम्रो नतिजा ल्याउन सकिनेछ ।

मैथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) : स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या देखिपर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अल्छी गर्नेबानिले कामहरू बिग्रन सक्छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुँनेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) : अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरूभन्दा अगाडि बढ्न सकिनेछ । आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुँनेछ भने परिवारका आवस्यक्ताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरीमा पदोन्नति हुँने समय रहेको छ । साथीभाइ सँग रमाइलो भेटघाट हुँने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । पैतृक सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू बढाउँन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) : पैतृक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाई लेखाई अरूभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) : लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने भए पनि यात्राका क्रममा ध्यान दिनुहोला । अध्ययन तथा अनुसन्धानमा समय खर्चिए पनि भनेजस्तो नतिजा ल्याउन निकै मेहनेत गर्नुपर्नेछ । साहित्य,लेखन तथा कलाकारिताको क्षेत्रमा समय खर्चिए पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्नेछ । प्रेममा अविश्वास बढ्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) : अनावश्यक विषयमा विवादमा फस्ने योग रहेको छ ख्याल गर्नुहोला । सवारी साधन तथा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला दुर्घटना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आई दिनै कामहरू प्रभावित हुने हुनाले आर्थिक सङ्कटको सामना गर्नु पर्नेछ । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनी सँग सामान्य कुरामा मनमुटा बढ्नेछ । माया प्रेममा गोप्य कुरा मनमा राख्न नसक्दा मनमुटाव बढ्नेछ ।

बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) : तार्किक क्षमताबा वृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे) : व्यावसायमा लगानी बढाउँदा मनग्गे लाभ हुँनेछ । प्रतिष्ठित व्याक्तिुसँग प्रतिस्पर्धा गर्नुपरेपनि अन्ततः तपाइकै पक्षमा नतिजा आउँदा मन खुसी हुँनेछ । पढ्न पाढनमा अलि मन नजाँदा गृहकार्यहरू समयमा सकाउँन मुस्किल पर्नेछ । रमाइलो यात्रा हुँनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउँनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउँन सकिनेछ । विवाद प्रतिस्पर्धामा विपक्षहरूलाई हराउँदै अगाडि बढ्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) : सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउँने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुँनेछ । माया प्रेममा धोका हुँनेछ भने घर परिवारमा आफन्त तथा पति पत्नी बिच मनमुटाव बढ्नेछ । व्यापार व्यावसाय खसिकेर जाने हुँनाले दैनिक गुजारा गर्न गाह्रो हुँनेछ भने प्रतिस्पर्धीहरूको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) : स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ ध्यान दिनुहोला । आमा, आफन्त तथा साथीभाइबाट टाडिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरु सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । कृषि क्षेत्रमा गरिएको लगानी भने फस्टाएर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) : नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । साथीभाइको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकाङ्क्षा तथा इच्छाहरू पुरा गर्न सकिनेछ ।

Published date : 2018-06-12

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon