Flash

पछिल्लो समय शहरीकरण बढे संगै बेल्टारमा पनि व्यवसायीक विकास हुदै गएको छ ।
चौदण्डिगढि नगरपालिका क्षेत्रमा रहेको यो बजार पछिल्लो समय व्यवसायीहरुको केन्द्र बिन्दुको रुपमा लिईन्छ, एतिहासिक चौदण्डिगढि क्षेत्रमा रहेकोले पनि पर्यटकीय संभावना र व्यवसायीक दृष्टिले महत्वपूर्ण क्षेत्रको रुपमा यस क्षेत्रलाइ लिन सकिन्छ, स्थानिय व्यवसायीहरुको हक हितका लागि बेल्टार बसाह उद्योग वाणिज्य संघ स्थापना भएर संचालनमा रहेको छ । संघका अध्यक्ष पवन कार्की संग विभिन्न बिषयमा हाम्रा सहकर्मी अभिनास राईले गरेको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।

सहकर्मी : चौदण्डिगढि नगरपालिकाको औधोगिक विकासको लागि यहाँको योजना के छ ?
कार्की : मेरो विचारमा विभिन्न विकासका पुर्वाधारहरु मध्ये पहिलो र प्राथमिकिकरण त हामीले यातायात लाई दिनु पर्दछ, किनकि सम्पूर्ण विकासको माउ विकास र मेरुदण्ड यातायात नै हो
जहाँ सम्म चौदण्डि नगरपालिकाको को विकासको कुरा छ यस नगरपालिका भौगोलिक बनोटले हाम्रो राष्टूको हिमाल पहाड र तराईको प्रतिनिधित्व गर्दछ, जस्तो मलाई लाग्दछ समथर जमिन र पानीको पर्याप्तता र खुल्ला उब्जाउ जमिनको उपलब्धताको कारण दक्षिण तर्फ अवस्थित हडिया र सुन्दरपुरलाई हामी औधोगीकरण र कृषि उपजको लागि उपभोग गर्न सक्छौं, त्यसैगरी बसाहा भेगलाई खेलकुद र स्वास्थ हबको रुपमा निर्माण गर्न सकिन्छ त्यसैगरी बेल्टारलाई व्यापार, बजारीकरण साथै शैक्षिक हब र सिद्धिपुर साथै चौदण्डीलाई फलफूल, जडीबुटी उत्पादन र पर्यटकीय रुप दिएर औधोगिक साथै आन्तरिक र बाहार्य पर्यटक हबको रुपमा विकास गरि लैजान पर्छ र सकिन्छ ।

सहकर्मी : योजना पुरा गर्नका लागि क कसको सहयोग आवश्यक त र यस बाट के अपेक्षा गर्न सकिन्छ ?
कार्की : सहयोगको जहाँ सम्म सवाल छ, हामि अहिले अधिकार सहितको खुल्ला प्रजातान्त्रिक प्रक्रियाको अभ्यासमा छौ, यो अतिनै खुशी र द्रुत बिकासका लागी शु अवसर हो साथै हामी संग अधिकार सहितको स्थानीय सरकार छ
त्यसकारण चाहेअनुसारको उद्देश्य प्राप्तीका लागी निम्न छ बुदाहरुमा हामीले बिशेष ध्यान पुर्याउनु पर्दछ
(क) यस क्षेत्रको सर्वपरी बिकासका लागी उधोग बाणिज्य संघ र न.पा. को परस्पर समन्वयकारी भूमिका हुनुपर्दछ
(ख) सबै क्षेत्र र पक्ष समेटेर स्पस्ट चित्र देखिने गरी कम्तिमा ५ देखी १५ बर्ष सम्मको गुरु योजना बनाऊ पर्दछ
(ग) यस क्षेत्रको प्रान्म पखेरुको रुपमा रहेको उत्तरी बाटो, यसैगरी सम्पूर्ण शाखा बाटाहरुको स्तर उन्नती गरी मुख्य बजारसँग जोडी चहलपहललाई थप गतिशिल बनाउनु पर्दछ, साथै हदियासंग सोझै जोडीने गरी त्रियुगा नदीमा पक्कि पुल निर्माण गरिनु पर्दछ
(घ) कृषिपेशामा समार्पित किसानको जीवन स्तर उठाउन स्थानीय सहकारीहरुको सहयोग लिदै कृषि तथा युवामुखी विशेषयोजना र कार्यक्रम बनाइ अगाडी बढ्न सकिन्छ
(ङ) ऐन,नीति नियम साथै पर्यावारनालाई ध्यानमा राखी हाम्रा वरपर भएका कच्चा पदार्थ र उपलब्ध श्रोत र साधनहरुको समुचित तवरले पूर्ण सदुपयोग गरिनु पर्दछ
(च) कम्तिमा २५ शैयाको अस्पताल जसमा शल्याक्रिया सेवा समेत दिन सकियोस, यसैगरी व्यवसायिक शिक्षा तर्फ बिशेषजोड दिई स्नाकोत्तर सम्मको गुणस्तरीय शिक्षा यसै न.पा. क्षेत्र बाट लिने बातावरण सृजना गरी हाम्रो क्षेत्र भित्रको जनताहरु यसै ठाउमा बसाई हुने अवस्थाको निर्माण गरियो र सेवा ग्राहीहरुलाई लाभ दिन सकियो भने हाम्रो उद्देश्यहाशिल गर्नुमा हामी कामयाब हुनेछौ

सहकर्मी : व्यापार संघको अधिवेशन पनि निजिकिदो छ, नेतृत्वको दोहोर्याउने बिषयमा यहाँको के छ ?
कार्की : हेर्नुहोस ! एक्काइसौं सताब्दीका जनताले नीति र नियत स्पस्ट भएकालाईनै नेतृत्त्वदयी भूमिकामा हेर्न चाहन्छन जहा सम्म म पवन कार्की नेतृत्त्वको टिमलाई जुन काम गर्ने शु अवसर प्राप्त भयो, मैले संघको नेतृत्व समाल्दा स्थानीय निकाय थिएन यतिका हामि ब्यापारीहरुको साझा संघको कार्यालय बिरालोले बच्चा सार्दै हुर्कौदै गरेको अवस्थामा जसोतसो संचालनमा थियो दलीय संयन्त्र बाट संचालित त्यस अवस्थामा कुरा बुझ्न र बुझाउन साथै त्यसै अनुरुप निर्णय गरी काम सम्पन्न गर्न गराउन कठिन थियो र भए गरेको निर्णय कार्यन्वयनमा ल्याई प्रभावकारिताका साथ सोचे अनुरुप गतिशीलता दिन सकस भएता पनि उपलब्ध श्रोत र क्षमताले भ्याए सम्म निरन्तर प्रयास जारी राख्दै लागीनै परेर पछिल्लो अवस्थामा आई चौदण्डि नगरपालिका स्थानीय वडा नं.६ निवासी गोपाल अधिकारी त्यसै गरी वडा नं. ७ निवासी धर्मात्मी विष्नु माया श्रेष्ठ साथै स्थानीय ब्यापारिहरु लगायतको सहयोगबाट अहोरात्र जुटेर सारा ब्यापारीहरुले गर्व गर्न लायकको नगरपालिका भित्रकै सार्वजनिक नमुना संघको आफ्नै निजि भवन निर्माण गर्न सफल भएका छौ । यसका लागी म अत्यन्तै खुशी पनि छु किनकि संघको बिधान बमोजिम बाकी रहेको आफ्नो अन्तिम कार्यकालमा यसै नगरपालिकाका प्रमुख खगेन्द्र राई ज्यु को स्पस्ट योजना मिलाएर एक अर्काको परिपुरक भई ब्यापार, व्यवसायीको प्रावधान र समग्र चौदंडीगढ़ी न.पा. को बिकासको निम्ति लागी पार्नकै लागी मेरो नेतृत्त्व निरन्तरताको आवस्यक ठान्दछु ।

सहकर्मी : कुन सवाललाई राखेर निर्वाचानमा अगाडी बढ्नु हुन्छ ?
कार्की : हाल यस हाम्रो बजार क्षेत्रको ब्यापारिक चहलपहल निकै सुस्त अवस्थामा छ, जुन उत्तरी बाटोहरु सुचारु नहुनु र अझ अन्य हाम्रो ऋबतअजmभलत ब्चभब का शाखा बाटाहरु बजार संग नाजोदिनु नै यसको प्रधान कारण हो तसर्थ सरे वा प्रथम त् मेरो सम्पूर्ण ध्यान यसमा केन्द्रित गर्दै जति सक्दो छिटो संघको नव भावनामा ब्यापारी र सरोकार वालाहरुलाई आमन्त्रीत गरी हालको परिवर्तित अवस्थामा संघले यस क्षेत्रको हितको निम्ति के कस्तो भूमिका निर्वाह गर्नुपर्दछ भन्ने बिषयमा अन्तरक्रियार छलफल गर्दै प्राप्त सल्लाह र सुझावलाई आत्मसाथ गरी अगाडी बढ्नेछ ।

सहकर्मी : समाजलाई कतिको बिकासमुखी देख्नु भएको छ ? किनकि धेरै युवाहरु विदेश पलायन हुने क्रम छ नि ?
कार्की :  तपाइँ घर मुलीले घरका सदस्यहरुलाई बुझ्नु भयो र बुझाउन सक्नु भयो भने त्यतिकै तपाइको परिवारले गती लिन्छ र प्रगतीको पथमा अगाडी बढ्छ, ठिक त्यस्तै होइन र हाम्रो समाज ? माथी चर्चा गरिएझै आफु ठिक ठाउमा बसेर जहा सम्म सकिन्छ सबै तह तप्काको उपयुक्त गाईड लाईन र सहयोग लिएर सबै कम्पोनेन्टस हरुलाई चलायमान बनाउदै उपयुक्त योजना साथ् कुरा बुझ्दै र बुझाउदै, आइ परेका समस्याहरुका डटेर सामना गर्दै कामलाई निरन्तरता दिईरहनु पर्दछ क्रमश सबै त्चबअप मा आउछ भन्ने मेरो बुझाइ र बिश्वास हो

सहकर्मी : आन्तरीक पर्यटनका लागी के पहल गर्नुपर्ने देख्नु हुन्छ ?
कार्की : प्रथम त् हामीले चौदंडीगढ़ीको चारघरे क्षेत्रलाई केहि सुधार गरी नयाँ भेडेटार को रुप दिन सकिन्छ त्यसै गरी ऐतिहासिक पहिचान बोकेको चौदण्डीगढी दरवार क्षेत्र जो आफैमा हराभरा र रमणीय छ साथै त्यस क्षेत्रका पुराना र पुरातात्विक महत्त्वका सामानहरु संकलन गरी संग्राहलय संचालन भएमा सो अध्यान र अवलोकनको बिषय बन्न सक्छ िरानीटार क्षेत्रमा र्याफटिङ बन्जी जम्प को प्रचुर सम्भावना छ त्यसै गरी बेल्तारको चारघरे र सिर्वानी क्षेत्रमा अवस्थित कवैखानीको हालको अवस्थालाई सुधार गर्दै बेल्टारमा अवस्थित दुध कन्या देवी मन्दिर लगायत अन्य सम्भावित बन क्षेत्रलाई खुल्ला पार्कको रुपमा निर्माण गर्न सके रोजगार सृजना भई स्थाई आम्दानीको बाटो खुल्नुको साथै आन्तरिक र बाह्य गरी यस जिल्ला संग जोडीएका ७ छिमेकी जिल्लाहरुको साझा गन्तब्य हुनेमा दुइमत छैन ।

Published date : 2018-02-15

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon