Flash

एजेन्सी माघ २५ । वनस्पती हाम्रो जीवनको अभिन्न अंग हो र यसबाट हामीले अक्सिजनका अलावा बाँच्नका लागि चाहिने अन्न, फलफूल, सागपातलगायतका सबै कुरा प्राप्त गर्दछौँ । तर अब वनस्पतीको योगदान यत्तिमा मात्र सिमित रहेन । अब रुखविरुवाले बत्तीझैँ बलेर प्रकाश पनि दिने भएका छन् ।

अमेरिकाको म्यासाच्यूसेट्स विश्वविद्यालयको केमिकल इन्जिनियरिङका शोधकर्ताहरुले एउटा यस्तो विरुवा तयार गर्दैछन् जसले प्रकाश प्रदान गर्नेछ ।

प्राध्यापक माइकल स्ट्रानो र उनको टोलीले प्रकाश निकाल्ने विरुवा उत्पादन गर्ने परियोजनामा काम गरिरहेका छन् ।

प्रकाश उत्पन्न गर्ने विरुवा बनाउनका लागि शोधकर्ताहरुले जुनकिरीको प्रयोग गरिरहेका छन् । स्मरण रहोस् जुनकिरीले लुसिफेरेस नामक एक इन्जाइम निकाल्छ जुन इन्जाइम लुसिफेरिन नामको अणुसँग सम्पर्कमा आएर रासायनिक प्रतिक्रिया गरी प्रकाश उत्पन्न गर्दछ । र, कार्यमा अर्को अणुले कोइन्जाइमको काम गर्दछ ।

वैज्ञानिकहरुले यी तिनवटै रसायनहरु निकालेर त्यसलाई एक नानोपार्टिकलमा बदलेर त्यसलाई रुखका पातमा पूराउने विधिको खोज गरिरहेका छन् । यसो हुन सकेमा रुखका पातबाट जुनकिरीजस्तै प्रकाश निस्किनेछ ।

वैज्ञानिकहरुले यी रसायनको मिश्रण तयार गरी परीक्षणको रुपमा त्यसमा विरुवाहरु डुबाए । रसायनको घोलमा विरुवाका पातहरु डुबाएपछि त्यसमा उच्च चाप प्रदान गरी उक्त रसायनलाई पातमा रहेका छिद्रहरुको माध्यमबाट विरुवाका अन्य भागमा पर्याउन सफल भए ।

यस्तो रसायनको घोल वनस्पतीभित्र हाल्न सफल भएसँगै त्यस्तो विरुवाको पातबाट प्रकाश समेत निस्कियो । पहिलोपटकमा यस्तो प्रकाश केवल ४५ मिनेटसम्म बलिरहेको थियो । विभिन्न परीक्षणपश्चात् शोधकर्ताहरुले यस्तो रसायन प्रदान गरी विरुवाबाट ३ घण्टासम्म प्रकाश निकाल्न सफल भएका छन् ।

यद्यपि, विरुवाबाट निस्कने यस्तो प्रकाश निकै हल्का थियो । त्यसैले विरुवाबाट कडा प्रकाश निकाल्नका लागि वैज्ञानिकहरुले कोसिस गरिरहेका छन् । यदि यसमा सफल भए भने अब रातको समयमा कोठा उज्यालो पार्न बत्ती बाल्नुपर्ने छैन । कोठामा एउटा विरुवा ल्याएर राखे पुग्नेछ ।

Published date : 2018-02-08

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon