Flash

रौतहट माघ २३ । गत साउनमा आएको बाढीले सो गाउँका दलित परिवारको घर डुबानमा परेपछि धुर्मुस-सुन्तली फाउण्डेसनद्वारा निर्मित रौतहटको सन्तपुर एकीकृत नमूना बस्ती आज हस्तान्तरण हुँदैछ।

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को पहलमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ८ सन्तपुरमा बाढीपीडित दलित परिवारका लागि निर्माण भएको भूकम्प प्रतिरोधात्मक र सुविधा सम्पन्न ४७ वटा घर मंगलबार एक कार्यक्रम गर्दै हस्तान्तरण हुन लागेको हो।

सामुदायिक भवन, मन्दिर, क्लबघर, भ्यू टावर सहित को एकीकृत नमूना बस्ती निर्माण भएको छ ।

अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री संरचनाअनुसार निर्माण भएको बस्ती निर्माण गर्न पाँच करोड ९६ लाखको लागतलागेको धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले बताए।

सन्तपुर बस्ती धुर्मुस–सुन्तली फाउण्डेशनको तेस्रो तथा धुर्मुस-सुन्तलीको पहलमा निर्माण भएको चौथो परियोजना हो।

Published date : 2018-02-06

About

त्रियुगा मिडिया एजेन्सी प्रा.लिबाट संचालित www.24nepal.com एक अनलाईन पत्रिका हो, बदलिदो युग संगै संचारको गति तिव्ररुपमा अघि बढि रहेको यस समयमा छापा, विद्युतीय संचार माध्यम संगै अनलाईन पत्रकारिताको समयको आवश्यक्तालाई बुझेर आम नागरिकका विचमा सूचनाको हक स्थापित गर्नका लागि सुरु भएको एक डिजिटल पत्रिको हो ।

Our team

coming soon

Facebook

coming soon

Contact

coming soon